निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अलंकारिक बोटबिरुवा उत्पादनलाई प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैङ्कको हरित कर्जा

अलंकारिक बोटबिरुवा उत्पादनलाई प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैङ्कको हरित कर्जा

66
SHARES

काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेडले हरितगृह प्रयोगमा ऋण दिने भएको छ। पुष्प व्यवसायी वा कृषकहरू लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने बैङ्कले जनाएको छ।

बैङ्कले फ्लोरिकल्चर एसोसिएसन नेपालसँग पुष्प खेती तथा आलङ्कारिक सौन्दर्यीकरण बाली उत्पादनमा ऋण लगानी गर्ने समझदारी गरेको छ। हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको बैङ्कले जनाएको छ।

बैङ्कका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे। समझदारी अनुसार फ्लोरिकल्चर एसोसिएसन नेपालले आफ्नो सदस्यहरूलाई बैङ्कको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ।

व्यवसायी तथा कृषकहरूको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरूको प्रवर्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्ने विश्वासका साथ बैङ्कले एसोसिएसनसँग समझदारी गरेको छ।

जलवायु अनुकूलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसाथ गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको बैङ्कले उल्लेख गरेको छ।

हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गरी वित्तीय पहुँच विस्तारको साथै फुल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास बैङ्क र एसोसिएसनले गरेका छन्।

ग्लोबल आइएमई बैङ्कले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको उल्लेख गरेको छ। बैङ्कका अनुसार बैङ्क अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैङ्क २०१६, बेष्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैङ्क ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।

बैङ्कका अनुसार देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको ग्लोबल आइएमई बैङ्क निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो।

बैङ्कका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै बैङ्कले जनाएको छ।

बैङ्कका अनुसार रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको दाबी बैङ्कले गरेको छ।

समाचार शेयर गर्नुहोस्
66
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.