काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि अन्तिम मतदाता नामावली प्रकाशन भएको छ।
मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जनाएको छ।
प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य लैङ्गिक पहिचानका २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएका छन्।
सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइट www.election.gov.npमा प्रकाशन समेत गरिएको छ।
वि.सं. २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पुरुष ९१,४०,८०६,महिला ८८,४७,५७९र अन्य १८५ गरी कुल मतदाताको सङ्ख्या १, ७९, ८८, ५७० रहेको थियो।
वि.सं. २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको सङ्ख्या ९, १५, ११९ ले वृद्धि भएको छ। पुरुष मतादाताको सङ्ख्या ५,२२,५५२, महिला मतदाताको सङ्ख्या ३,९२,५५२ र अन्य मतदाताको सङ्ख्या १५ ले वृद्धि भएको आयोगले जनाएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई मतदान गर्नका लागि देशभर १०,९६७ मतदान स्थलमा २३,११२ मतदान केन्द्र निर्धारण गरिएको छ।
यो निर्वाचनमा २०७९ को कुल मतदान स्थलको सङ्ख्या भन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको सङ्ख्या ८८५ ले वृद्धि भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.