निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘नेवाःछे’को नयाँ भवन निर्माण र संरक्षणमा नेवाःपुचः युएईको सक्रियता

‘नेवाःछे’को नयाँ भवन निर्माण र संरक्षणमा नेवाःपुचः युएईको सक्रियता

245
SHARES

युएई – नेवार समुदायको साझा राष्ट्रिय सङ्गठन ‘नेवा :देय् दबूँ’ले काठमाडौँ न.पा.१५ च:मतिस्थित ‘नेवा:छे’को नयाँ भवन निर्माण र संरक्षणका लागि नेवा:पुच: युएई मार्फत सहयोग गर्न आव्हान गरेको छ।

नेवा:पुच:यूएईले नेवारको भाषा, पहिचान, एकता र अस्तित्वको संरक्षण तथा प्रवर्धनका लागि वैदेशिक रोजगारमा गएका आम नेपालीलाई आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गरेको हो।

सबै जातजाति, भाषाभाषी,संस्कारको अपनत्व हुने गरी बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक र कुनै व्यक्ति गत स्वार्थ भन्दा माथि रहेर निर्माण गर्ने लक्ष्य सहित अघि बढेको नेवा:पुच:यूएईका महासचिव कुमार बलामीले बताए।

‘नेवा छे’ लाई लिपि, साहित्य, कला, सम्पदा, संस्कृति र पर्यटन गतिविधि केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले उक्त घर बनाउने काम भएको नेवा:पुच:यूएईका अध्यक्ष वीरेन्द्र नकर्मी, उपाध्यक्ष सुनिलमान श्रेष्ठ र उपाध्यक्ष दीपेश श्रेष्ठले एक साथ बताए। भाषा, सभ्यता, कलाको माध्यमबाट संस्कृति संरक्षण र समाज विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने ध्येयले साझा हितलाई ध्यान दिएर नेवा: छे निर्माण गरिएको नेवा: पुच: युएई परिवारको भनाइ छ।

उक्त अभियान सफल बनाउन नेवा: पुच: युएईले संस्थागत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै इच्छुक दाता, सङ्घ संस्था मार्फत आर्थिक सहयोग सङ्कलन सुरु गरेको छ।

“छिगु,जिगु,झी सकसिगु-नेवा :देय् दबूँ “भन्ने नाराका साथ बि. स. २०५२ भाद्र १६ र १७ मा काठमाडौँमा भएको बृहत् नेवारहरूको प्रथम अधिवेशनद्वारा ‘नेवा :देय् दबूँ’को स्थापना गरिएको हो।”

समाचार शेयर गर्नुहोस्
245
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.