विमानस्थलमा चिप्लियो बुद्ध एयर, सबै यात्रु सकुशल (तस्बिरहरु)

विमानस्थलमा चिप्लियो बुद्ध एयर, सबै यात्रु सकुशल (तस्बिरहरु)

392
SHARES

झापा – झापाको भद्रपुर विमानस्थलमा चिप्लिएको बुद्ध एयरको विमानका सबै यात्रु सकुशल रहेका छन्। भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको एटीआर ७२ विमान रन–वेबाट चिप्लिँदा यात्रु र चालक दलसहित सबै जना सुरक्षित रहेका छन्।

९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ विमान अवतरणका क्रममा रन–वेबाट करिब २०० मिटर जति चिप्लिन पुगेको थियो।

साँझ काठमाडौँबाट भद्रपुरका लागि प्रस्थान गरेको उक्त विमान राति करिब ९ः४५ बजेतिर भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार, अन्दाजी २१ः१० बजेको समयमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ८ स्थित भद्रपुर एयरपोर्टमा काठमाडौँबाट भद्रपुर चन्द्रगढीका लागि ५१ जना यात्रु र ४ जना चालक दलसहित उडेको एटीआर ७२ बुद्ध एयरको ९०१ उडान अवतरण गर्ने क्रममा फ्लाइट रन–वेको दायाँपट्टि (पूर्वतर्फ) ओभर रन भई करिब ३०० मिटर पूर्वपट्टि भासिँदै क्षतिग्रस्त भएको हो।

प्रहरीका अनुसार सबै यात्रुहरूलाई उक्त विमानबाट बाहिर निकालिसकिएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा ७० जनाको प्रहरी टोली खटिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उक्त जहाज काठमाडौँबाट साँझ २०ः२३ बजे भद्रपुर चन्द्रगढीका लागि उडेको थियो। हाल घटनास्थलको सुरक्षा, अवस्था नियन्त्रण र थप विवरण सङ्कलनको कार्य जारी रहेको प्रहरीले जनाएको छ।

तस्बिरहरु : जिल्ला प्रहरी कार्यालय झापा

समाचार शेयर गर्नुहोस्
392
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.