निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भेनेजुएलामा अमेरिकाको दादागिरी, राष्ट्रपति दम्पती नियन्त्रणमा

भेनेजुएलामा अमेरिकाको दादागिरी, राष्ट्रपति दम्पती नियन्त्रणमा

230
SHARES
तस्बिर : बीबीसी

एजेन्सी – भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उहाँकी श्रीमतीलाई अमेरिकी सैनिकले नियन्त्रणमा लिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत राष्ट्रपति मादुरो र उनकी श्रीमती कब्जामा रहेको जानकारी दिएका छन्। दुवै जनालाई अमेरिकी सेनाले भेनेजुएला बाहिर लगेको छ।

मदुरोलाई कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप विवरण उल्लेख गरेका छैनन्। भेनेजुएला सरकारले पनि अहिलेसम्म यसको पुष्टि गरेको छैन।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजका अनुसार राष्ट्रपति मदुरो र प्रथम महिला रहेको स्थानका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी छैन।

सरकारले दुवै जना जीवित रहेको प्रमाण समेत माग गरेको छ। अमेरिकाले शनिवार भेनेजुएलाको चार सहरमा आक्रमण गरेको थियो।

अमेरिकी सेनाले सैन्य अड्डा र महत्त्वपूर्ण स्थानहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मादुरोलाई अमेरिकी सेनाको विशेष युनिट डेल्टा फोर्सले पक्राउ गरेको हो।

मादुरो पक्राउ पछि ट्रम्पले सेनाको तारिफ गर्दै यसबारे विस्तृत जानकारी पत्रकार सम्मेलन मार्फत दिने बताएका छन्। अमेरिकाले मादुरोमाथि लागु औषध तस्करीलाई सहयोग गरेको आरोप लगाएको छ।

जो बाइडेन प्रशासनले मादुरोलाई पक्रन सहयोग गर्नेलाई २ करोड ५० लाख अमेरिकी डलर दिने घोषणा गरेका थिए। ट्रम्प प्रशासनले त्यसलाई दोब्बर बनाउँदै ५ करोड डलर पुरस्कार दिने घोषणा गरेको थियो।

मादुरो पक्राउ परेको खबरपछि विश्वभरबाट प्रतिक्रिया आउन थालेको छ। कोलम्बियाका राष्ट्रपति गुस्टाभो पेत्रोले “शान्ति, अन्तर्राष्ट्रिय कानुनको सम्मान र मानव जीवन तथा गरिमाको रक्षा हरेक प्रकारको सैन्य द्वन्द्वभन्दा माथि हुनुपर्ने बताएका छन्।

क्युबाका राष्ट्रपति मिगुएल डियाज‑कानेलले अमेरिकाको आक्रमणलाई “आपराधिक हमला” भन्दै कडा निन्दा गरेका छन्।

इरानले पनि अमेरिकाको सैन्य आक्रमणलाई भेनेजुएलाको राष्ट्रिय सम्प्रभुताको उल्लङ्घन र भौगोलिक अखण्डतामा स्पष्ट हस्तक्षेप भनेर टिप्पणी गरेको छ।

रुसले पनि अमेरिकी सैन्य आक्रमणको निन्दा गर्दै चिन्ता व्यक्त गरेको छ।

समाचार शेयर गर्नुहोस्
230
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.