निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ईक्यानको नयाँ नेतृत्वका लागि चुनावी दौडधुप, केन्द्रीय सदस्यमा नवराज नेपालले उम्मेदवारी घोषणा

ईक्यानको नयाँ नेतृत्वका लागि चुनावी दौडधुप, केन्द्रीय सदस्यमा नवराज नेपालले उम्मेदवारी घोषणा

282
SHARES

काठमाडौँ – नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान) को नयाँ नेतृत्व चयनका लागि चुनावी दौडधुप औपचारिक रूपमा सुरु भएको छ। आगामी २०औँ साधारणसभा एवं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने तयारीसँगै सङ्घभित्र चुनावी सरगर्मी चुलिँदै गएको छ।

वर्तमान अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुई वर्षे कार्यकाल सकिएपछि, आगामी पुस २८ गते हुने निर्वाचनका लागि सङ्गठनमा चुनावी हलचल तीव्र भएको हो।

अध्यक्ष पदका लागि दुई मुख्य प्यानलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुनेछ। दीपकराज भुसाल प्यानल र लक्ष्मण पौडेल प्यानल निर्वाचन मैदानमा आमनेसामने हुँदा यसपटकको चुनावी प्रतिस्पर्धा रोचक र निर्णायक हुने आकलन गरिएको छ। प्यानल प्रतिस्पर्धासँगै अध्यक्षसहित १८ पदका लागि उम्मेदवारहरूको दौडधुप समेत तीव्र बनेको छ।

केन्द्रीय सदस्य पदमा काभ्रेका युवा शैक्षिक परामर्श व्यवसायी नवराज नेपालले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनी लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

काभ्रे क्षेत्रमा सङ्गठन विस्तार, सदस्य एकता, कानुनी प्रक्रिया र लाइसेन्स व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाललाई क्रियाशील, सङ्गठनमूलक र युवामैत्री नेतृत्वका रूपमा हेरिँदै आएको छ।

नवराज नेपालको भिजनमा युवा नेतृत्व विकास, सदस्यमैत्री सेवा प्रवाह, स्पष्ट नीति–नियमको प्रभावकारी कार्यान्वयन, तथा ईक्यानलाई अझ व्यावसायिक, उत्तरदायी र विश्वासिलो संस्था बनाउने प्रतिबद्धता समावेश छ।

हालसम्म केन्द्रीय सदस्य पदका लागि दीपकराज भुसालको टिमबाट नवराज नेपालसहित ८ जना उम्मेदवारले उम्मेदवारी घोषणा गरिसकेका छन्। ईक्यानमा सात सयभन्दा बढी शैक्षिक परामर्श व्यवसायी आबद्ध छन् भने देशभर आठ शाखा सञ्चालनमा छन्।

आगामी निर्वाचनले सङ्गठनको युवा नेतृत्व, पारदर्शिता र संस्थागत सुदृढीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा सदस्यहरूको चासो बढ्दो छ। उम्मेदवारहरूले साझा उद्देश्यका रूपमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, सम्मानजनक र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान) को अध्यक्ष पदका लागि दीपकराज भुसालले उम्मेदवारी घोषणा गर्दै २६ वटा एजेन्डा अघि सारेका छन्। अध्यक्षसहित १८ पदका लागि उम्मेदवारहरू मैदानमा उत्रिँदा ईक्यानभित्रको राजनीतिक सरगर्मी थप बढेको छ।

दीपकराज भुसाल प्यानल र लक्ष्मण पौडेल प्यानलबीचको कडा प्रतिस्पर्धाले यसपटकको निर्वाचनलाई अझ रोचक, बहस केन्द्रित र परिणाममुखी बनाउने देखिएको छ।

समाचार शेयर गर्नुहोस्
282
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.