शून्यताको साक्षीमा बस्छु म एक्लो,
न श्वासमा डर, न स्पन्दनको भोको,
चुपचाप हेर्छु शरीरको भाव,
क्षण क्षणमा बदलिन्छ यो संसार।
श्वास आउँछ, श्वास जान्छ
बिना आग्रह- प्रतिरोध यो झल्किन्छ,
शरीर त केवल एक अनुभूति हो,
साक्षी बनी हेर्छु यही त मेरो हो।
न दुःखसँग लडाइँ, न सुखमा रमाइ,
सबै अनुभूति आउँछन् जान्छन् हराइ,
समता र साक्षी दुई पाटो जीवनका,
विपश्यना सिकाउँछ नियम गहिरा ।
बाहिर होइन, भित्र छ उज्यालो,
यही सत्य अविनाशी दीप हाम्रो,
जसरी बढ्छ साक्षात्कारको बीज,
शून्यको गर्भमै लुकेको छ हर चिज।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.