समावेशी समाजवादी पार्टीका उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद

समावेशी समाजवादी पार्टीका उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद

208
SHARES

काठमाडौँ – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा पहिलो पटक निर्वाचनमा भाग लिन लागेको समावेशी समाजवादी पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद गराउने जनाएको छ।

पहिलो पटक निर्वाचन आयोगमा दर्ता भई चुनावी प्रतिस्पर्धामा उत्रिएको समावेशी समाजवादी पार्टीले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूसँग साक्षात्कार कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो।

समावेशी समाजवादी पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूचीमा १५ जनाको नाम समेटेको छ। पार्टीका अनुसार समलिङ्गी, तेस्रोलिंगी, अपाङ्गता भएका, मनोरञ्जन क्षेत्रमा कार्यरत समुदायलाई प्रतिनिधित्व गर्ने समानुपातिक तथा प्रत्यक्ष उम्मेदवारहरूको साक्षात्कार गराउन लागिएको हो।

पार्टीका संरक्षक एवं सल्लाहकार सुनिल बाबु पन्तले नुमा लिम्बू, प्रतीक्षा चापागाईँ, देवेन्द्र खत्री, मनिन्द्र सिंह दनुवार, कोनिका लामा तथा तेस्रोलिंगी उम्मेदवारसहित आफू समेतको सहभागितामा तेस्रोलिंगी समुदायले पत्रकारहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न लागेको जानकारी दिए।

समावेशी समाजवादी पार्टीका अनुसार सोमबार दिउँसो ३ बजे काठमाडौँको संवाद डबली, अनामनगर–घट्टेकुलोमा उम्मेदवार घोषणा तथा प्रत्यक्ष संवाद कार्यक्रम आयोजना हुनेछ।

समाचार शेयर गर्नुहोस्
208
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.