मोरङ – ४ मा नुमा लिम्बु, मागिन शीर्ष नेताहरूसँग समर्थन

मोरङ – ४ मा नुमा लिम्बु, मागिन शीर्ष नेताहरूसँग समर्थन

248
SHARES

प्रिय नेताजीहरू,

म नुमा लिम्बु, एक तेस्रोलिंगी महिला, आफ्नो जीवनको लामो समय सङ्घर्ष, बहिष्कार र पहिचानको लागि लडेकी छु। यी वर्षहरूमा मैले देखेको, भोगेको र सिकेको अनुभवहरूले मलाई अझ बलियो बनाएको छ। आज म समावेशी समाजवादी पार्टीको अध्यक्षका रूपमा मोरङ ४ बाट प्रत्यक्ष उम्मेदवार दिन तयार भएको छु।

मेरो प्रतिनिधित्व कसैको विरुद्धमा होइन, यो हाम्रो समुदायको अधिकार र पहिचानको लागि हो। हामीले इतिहासमा भोगेको असमानता र बहिष्कारको अन्त्य गर्ने, हाम्रो समुदायलाई लोकतन्त्रमा समान रूपमा समेट्ने मेरो मुख्य उद्देश्य हो। सुनिल बाबु पन्त पहिलो संविधानसभामा पुगेपछि, आजसम्म हाम्रो समुदायबाट कोही संसदमा पुगेका छैनन्। यो केवल प्रतिनिधित्वको अभाव होइन — यो हाम्रो जीवन, अधिकार, अस्तित्व र भविष्यसँग जोडिएको गम्भीर अन्याय हो।

म सबै राजनीतिज्ञ र पार्टी नेताहरूमा (गगन थापा, रवि लामिछाने, बालेन शाह, पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली, कुलमान घिसिङ, राजेन्द्र लिङ्देल जस्ता नेताहरू) मेरो हार्दिक अनुरोध छ, कि मोरङ ४ मा मेरो उम्मेदवारीलाई समर्थन गर्नुहोस्।

तपाईँको सहयोग बिना हाम्रो समुदाय लोकतन्त्रमा समावेशी हुन सक्दैन। तपाईँको समर्थनले मात्र हामी एकसाथ भई लोकतन्त्र र समावेशिताको बलियो आधार निर्माण गर्न सक्छौँ। मेरो उम्मेदवारी पितृसत्तात्मक संरचनाविरुद्ध, र समानता र न्यायको पक्षमा छ। त्यसकारण अग्रणी महिला नेतृहरूलाई पनि सहयोग गर्नुहुन मेरो हार्दिक अनुरोध छ।

प्रिय नेताजीहरू,

मोरङ ४ बाट मेरो उम्मेदवारीलाई समर्थन गर्नुहोस्, हाम्रो समुदायको भविष्य र अधिकार सुनिश्चित गर्नुहोस्। तपाईँको सहयोगले हामी सबैको साझा सपना समानता, समावेशिता र न्यायपूर्ण समाजलाई साकार बनाउन मद्दत गर्नेछ।

नयाँ नेपालको नयाँ इतिहास लेख्नका लागि यहाँहरूको सहयोग, समर्थन महत्त्वपूर्ण हुने विश्वास मैले लिएको छु।

तपाईँको विश्वास र समर्थनको अपेक्षामा,

नुमा लिम्बु, तेस्रोलिंगी महिला,
अध्यक्ष समावेशी समाजवादी पार्टी

समाचार शेयर गर्नुहोस्
248
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.