ग्लोबल आइएमई बैङ्कमा किओस्क मेसिनबाटै बैङ्क खाता खोल्ने सुविधा

ग्लोबल आइएमई बैङ्कमा किओस्क मेसिनबाटै बैङ्क खाता खोल्ने सुविधा

194
SHARES

काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरूलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैङ्कको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैङ्क खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ।

बैङ्कले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको जनाएको छ। बैङ्कमा खाता खोल्नको लागि ग्राहकहरूले बैङ्कको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहज रूपमा आफ्नो बैङ्क खाता खोल्न सक्नेछन्।

यसरी खाता खोल्नेक्रममा सम्पूर्ण विवरणहरू किओस्क मेसिन मार्फत प्रदान गर्नुपर्ने बैङ्कले जानकारी दिएको छ। तत्पश्चात्, आवश्यक कागजातहरू प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइनेछ। हालका लागि यो सेवा बैङ्कको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ।

यसअघि, बैङ्कले बैङ्कको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्स मार्फत मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवाहरू उपलब्ध गराइरहेको थियो।

भविष्यमा यस्ता सेवालाई बैङ्कले अरू स्थानमा पनि विस्तार गर्दै जाने योजना राखेको जनाएको छ। ग्लोबल आइएमई बैङ्कले ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको उल्लेख गरेको छ।

बैङ्कले बैङ्क अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैङ्क २०१६, बेष्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैङ्क ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको जनाएको छ।

ग्लोबल आइएमई बैङ्कका अनुसार देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको दाबी बैङ्कको छ।

बैङ्कले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैङ्कले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

समाचार शेयर गर्नुहोस्
194
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.