निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेसले सुरु गर्दै `फागुन २१ का लागि मेरो २१ दिन´

कांग्रेसले सुरु गर्दै `फागुन २१ का लागि मेरो २१ दिन´

67
SHARES

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै `फागुन २१ का लागि मेरो २१ दिन´ कार्यक्रम सुरु गर्ने भएको छ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो कांग्रेसले जनाएको छ। त्यसका लागि कांग्रेसले `नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ।

`फागुन २१ का लागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धताका साथ फागुन १ देखि २१ गतेसम्म `जसको पदीय जिम्मेवारी जहाँ /उसले खट्ने त्यहाँ´ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनावी मैदानमा खट्नुहुनेछ,´ निर्णयमा भनिएको छ।

यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला / क्षेत्र / पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ-आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

यसैगरी एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर `हाम्रो वडा हामी जिताउँछौँ´ उद्घोषका साथ आ-आफ्नै वडामा खट्न कांग्रेसले भनेको छ।

कांग्रेसले पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आबद्धहरूलाई सोही बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्
67
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.