निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी’

‘रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी’

85
SHARES

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले कांग्रेसमा स्वागत गरे।

पार्टी प्रवेश गरेसँगै उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको बताइन्। उनले प्रतिज्ञा सभामा बोल्दै उनले भनिन्,’रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएकोले मैले उक्त पार्टी परित्याग गरी जेनजीको भावना बोक्ने र सुशासनको काममा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ।’

उनले कांग्रेस ८० वर्षको विरासत बोकेको मात्रै नभई मधेसको आवाजलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सभापति नै मधेस आएर उम्मेदवारी दिएकाले हामी सबैले मधेशी जनताले साथ दिनुपर्ने बताइन्।

उनले हरेक पटकको चुनावमा मधेशले नेताहरूलाई भोट दिएको तर नेताहरूले मधेसलाई चोटैचोट दिएको हुनाले यसपटक बदलिएको कांग्रेसलाई भोट दिन अपिल गरिन्। मैथिली भाषामा बोल्दै उनले भनिन्,’सब दाइब मधेससक जनतासब भोट नेतासबके देने है। मगर सब दिनसे नेतासब मधेसक जनताके लुइट रहल है। यहाँ सब यी दाइब मधेसमे निक उम्मेदवार छानू,कांग्रेसके उम्मेदवारके पहचानू।”

ममता शर्माले अहिलेको गगन नेतृत्वको कांग्रेस नयाँ रास्वपा भएको तर वैकल्पिक भनिएका रास्वपा भने पुरानो कांग्रेसको शैलीमा गएको टिप्पणी गरिन्। उनले भनिन्,’अहिले कांग्रेस गगन दाइको नेतृत्वमा बदलिएर नयाँ रास्वपा जस्तो बनेको छ। तर आफूलाई वैकल्पिक भनिएका रास्वपाका नेताहरू दागैदाग भएका,आर्थिक चलखेलमा मुछिएका,मुद्दैमुद्दामा लागेका छन्। सब पुराना कांग्रेस जस्ता छन्।’

उनले अब आफैँ मधेसको नारीले सच र देशलाई अगाडि बढाउने पार्टीमा लागेको भन्दै सबैले कांग्रेस उम्मेदवारहरूलाई भोट दिन अपिल गरिन्।

उनले मधेसबाट खाडीमा हरेक घरबाट एक जना पुरुष वैदेशिक रोजगारीमा गएकाले यहाँ महिला नै भोटमा निर्णायक भूमिका रहेको बताइन्। साथै उनले महिलाको सम्मान, त्याग र बलिदानलाई बुझ्ने पार्टी कांग्रेस भएकाले यस पटकको मत सोचेर गाछीमै हाल्न अनुरोध गरिन्।

समाचार शेयर गर्नुहोस्
85
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.