निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

हिंसामुक्त कार्यस्थलदेखि गोप्य उजुरी प्रणालीसम्म: भावना क्षेत्री तामाङको चुनावी प्रतिबद्धता

हिंसामुक्त कार्यस्थलदेखि गोप्य उजुरी प्रणालीसम्म: भावना क्षेत्री तामाङको चुनावी प्रतिबद्धता

134
SHARES

काठमाडौँ – समावेशी समाजवादी पार्टीकी समानुपातिक उम्मेदवार भावना क्षेत्री तामाङले महिला तथा अनौपचारिक श्रमिकहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन्। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा उनले आफ्नो चुनावी प्रतिबद्धतासहित स्पष्ट नीति तथा कार्यक्रम अघि सारेकी हुन्।

भावना क्षेत्री तामाङले कार्यस्थलमा हुने हिंसा, दुर्व्यवहार र शोषणविरुद्ध कडा कानुनी संरक्षण र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनका अनुसार कानुनी प्रावधान मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिनु अपरिहार्य छ।

उनी प्रहरी प्रशासन र स्थानीय सरकारसँग समन्वय गरी उत्पीडनमुक्त र सुरक्षित कार्य वातावरण निर्माण गर्ने पक्षमा रहेको बताउँछिन्। कार्यस्थलमा हुने दुर्व्यवहार र असुरक्षालाई रोक्न सम्बन्धित निकायबीच सहकार्य र जबाफदेहिता आवश्यक रहेको उनको धारणा छ।

महिला तथा अनौपचारिक श्रमिकहरूका लागि हिंसामुक्त, गोपनीयता सुरक्षित र सम्मानजनक वातावरण सुनिश्चित गरिने उनको प्रतिबद्धता छ। उनले श्रमिकहरूको आत्मसम्मानको संरक्षणलाई आफ्नो प्राथमिक कार्यसूचीमा राखेकी छन्।

उजुरी गर्न सहज, सुरक्षित र गोपनीय प्रणाली स्थापना गरी आवश्यक पर्दा तत्काल सहायता उपलब्ध गराउने व्यवस्था गर्ने उनले स्पष्ट पारेकी छन्। पीडितले डर र दबाबबिना न्यायको खोजी गर्न पाउने सुनिश्चित वातावरण सिर्जना गर्ने उनको भनाइ छ।

लाञ्छना, भेदभाव र अपमानजनक व्यवहार नगर्ने नीति लागू गरी त्यसको अनुगमन र जिम्मेवारी सुनिश्चित गर्ने घोषणा पनि उनले गरेकी छन्। नीति निर्माण मात्र नभई त्यसको प्रभावकारी अनुगमन र उत्तरदायित्व तय गरिनुपर्नेमा उनले जोड दिएकी छन्।

“म यो प्रतिबद्धता सार्वजनिक गर्दछु,” भावना क्षेत्री तामाङले भनेकी छन्। निर्वाचनमा उनले मतदातासँग अपिल गर्दै यसपालिको समानुपातिकतर्फको मत समावेशी समाजवादी पार्टीलाई दिन आग्रह गरेकी छन्।

समाचार शेयर गर्नुहोस्
134
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.