निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जब विश्वासले मनहरू जितिन्छ

जब विश्वासले मनहरू जितिन्छ

162
SHARES

मीठा शब्दको वर्षा चाहिँदैन

माटोमै उम्रिने बीज देऊ,

कागजमा मेटिने अक्षर होइन,

कर्ममा लेखिएको प्रतिबद्धता देऊ।१।

भो मलाई अब सपना मात्र नदेखाऊ,

सपना त बिउँझँदा हराइ जान्छ,

उ त्यो परको क्षितिजको उज्यालो देऊ,

जहाँ इमानदारीको घाम उदाउँछ।२।

मत औँलाको छाप मात्र होइन,

यो भविष्यको अङ्कुर हो,

यही अङ्कुर भोलि गएर

देशमा निर्माणको दियो हुने हो।३।

भो मलाई अब आश्वासन नदेऊ

झुटा रापहरूले पोल्नेछन्,

ठेउला उठेका यी हातहरूले

मन, वचन र कर्महरू धुनेछन् ।४।

अनि त त्यसदिन चुनाव हुनेछ

चुनावको हर्षोल्लास हुनेछ।

त्यहाँ कुनै वाचाले होइन,

जब विश्वासले मनहरू जितिन्छ।५।

समाचार शेयर गर्नुहोस्
162
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.