काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र गरेको जस्तै परिवर्तन देशमा गर्न चाहेको बताएका छन्। जेनजी आन्दोलनबाट लाभ उठाउने भन्दा पनि आन्दोलनको भावनालाई आत्मसात् गरेको बताउँदै सभापति थापाले भने,’अहिले भने मेरो भावनाको आत्मसात् गरिदिनुहुन अनुरोध गर्दछु।’
देशको शासन व्यवस्थामा परिवर्तनका लागि मतदातालाई रुख चिन्हमा मतदान गरी साथ सहयोग गर्न सभापति थापाले अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले पार्टीभित्रको परिवर्तन ल्याउन आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो जोखिम उठाएको उल्लेख गरे ।
कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्दै थापा ऐतिहासिक सभापतिमा निर्वाचित भएका थिए। ‘अबको पाँच वर्ष मौका दिने नाममा परीक्षण गर्ने कुनै गर्ने सुविधा छैन,’सभापति थापाले भने,’शिक्षा स्वास्थ्य, रोजगारीमा पाँच वर्ष गहिरो चिन्तनका साथ प्रत्येक दिनको कामहरूको सूची बनाएर हामीहरू आएका छौँ।’
पाँच वर्ष खेर नफाल्ने र दुर्घटनामा पनि पर्न नदिने सभापति थापाले अठोट व्यक्त गरेका छन् । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यक्ष उम्मेदवार छन्। कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी दिने कांग्रेस एक मात्र पार्टी समेत हो।
देशको भविष्य निर्धारण गर्ने निर्णय मतदाताको हातमा रहेकाले आवेगमा नभई विवेक पुर्याएर मतदान गर्न सभापति थापाले मतदातालाई अपिल गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.