जेनजी आन्दोलनका सूत्रधार बालेन प्रधानमन्त्री, १५ सदस्यीय मन्त्रिपरिषद् गठन

जेनजी आन्दोलनका सूत्रधार बालेन प्रधानमन्त्री, १५ सदस्यीय मन्त्रिपरिषद् गठन

87
SHARES

काठमाडौँ – जेनजी आन्दोलनका सूत्रधार बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बालेनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। प्रतिनिधिसभामा झन्डै दुई तिहाइ, अर्थात् १८२ सदस्य रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार मात्रै बालेनलाई संसदीय दलको नेता चयन गरेको थियो।

भदौ २३ र २४ को आन्दोलनपछि बालेनलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियो। तर उनले तत्कालै आफूलाई अघि नसार्दै सुशीला कार्कीलाई सिफारिस गरेका थिए। त्यसबेला ६ महिनाको प्रधानमन्त्री प्रस्ताव अस्वीकार गरेका बालेन अहिले पाँच वर्षे कार्यकालका लागि प्रधानमन्त्री बन्न सफल भएका छन्।

बालेनलाई धेरैले ‘भाग्यमानी’ नेताका रूपमा चित्रित गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा लगायतका परम्परागत राजनीतिक दलहरूको असफलता उनको सत्तायात्राको प्रमुख आधार बनेको छ।

पुराना दलहरूको कार्यशैलीप्रति दिक्क बनेका नागरिकले विकल्पको खोजी गर्दै अन्ततः नयाँ शक्तिलाई सत्तामा पुर्‍याएका छन्।

पुराना दलहरूको कमजोरी र युवाहरूको आक्रोशलाई ३६ वर्षीय बालेनले प्रभावकारी रूपमा उपयोग गरेका छन्। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका बालेनले देशको बागडोर सम्हाल्ने जिम्मेवारी पाएका छन्।

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ। प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय आफ्नो मातहतमै राखेका छन्।

जेनजी आन्दोलनमा उनका सहयात्री सुदन गुरुङ गृहमन्त्री बनेका छन्। स्वर्णिम वाग्ले अर्थमन्त्री, विक्रम तिमल्सिना सञ्चार तथा सूचना मन्त्री तथा निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री नियुक्त भएका छन्।

यस्तै, सीता बादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री र सस्मित पोखरेल शिक्षा मन्त्री नियुक्त भएका छन्।

त्यसैगरी, खडकराज पौडेल संस्कृति मन्त्री, दीपक साह श्रम मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्री, गीता चौधरी कृषि मन्त्री र सोविता गौतम कानुन मन्त्री बनेका छन्।

तस्बिरहरु : राष्ट्रपतिको कार्यालय

समाचार शेयर गर्नुहोस्
87
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.