ग्लोबल आइएमई बैङ्कले आयोजना गर्ने दोस्रो संस्करणको ह्याकाथन प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैङ्कले आयोजना गर्ने दोस्रो संस्करणको ह्याकाथन प्रतियोगिताको लागि आवेदन खुल्ला

80
SHARES

काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेडले प्रविधिको प्रवर्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्न लागेको जनाएको छ। बैङ्कले गत वर्ष नेपालको बैङ्किङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो।

बैङ्कले कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन दोस्रो संस्करण २०२६ आगामी मे महिनाको २९–३१ मा आयोजना गर्ने जानकारी दिएको छ।

उक्त प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेसाकर्मीहरूका लागि आवेदन खुल्ला गरिएको छ। प्रतियोगितामा सहभागी हुन मे ४, २०२६ भित्र बैङ्कको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ।

पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागिता रहेकोले बैङ्कले ह्याकाथनको दोस्रो संस्करण आयोजना गर्न लागेको जनाएको हो।

ह्याकाथन प्रतियोगिताले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेसाकर्मी र सम्भावित नविनतम् प्रविधिमा आधारित बैङ्किङ सेवाको विकासमा उल्लेख्य सहयोग पुगेको बैङ्कले विश्वास लिएको छ।

यसका साथै यस ह्याकाथनले डिजिटल बैङ्किङमा आउने नवीनतम सेवा विकास र सम्भावित चुनौतीको समाधान खोज्न समेत सहयोग पुग्नेछ।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले दि अटोनोमस क्रेडिट एण्ड लेन्डिङ्ग अर्केस्ट्रेटर, एजेन्टिक फ्रड डिटेक्शन, दि मल्टिलिङ्गुअल भ्वाइस बैङ्किङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क– एआई ड्रिभन इन्टुजन डिटेक्शन (आईडीएस) लगायत बैङ्कले तोकेका विषयहरूमा केन्द्रित रही आफ्ना अवधारणाहरू प्रस्तुत गर्नुपर्नेछ।

उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैङ्कसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ।

प्रविधिमैत्री वित्तीय सेवाहरू प्रवर्धन गर्न र डिजिटल बैङ्किङ सेवालाई थप प्रभावकारी बनाउँदै नविनतम् अबधारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैङ्कले लिएको छ।

समाचार शेयर गर्नुहोस्
80
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.