“गुन्यु–चोलो” हाम्रो लागि केवल एक प्रोजेक्ट होइन, सामाजिक उत्तरदायित्वसँग जोडिएको एउटा गम्भीर प्रयास थियो। यो फिल्म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अस्तित्व, पहिचान र दीर्घकालीन सङ्घर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको हो।
समाज, राजनीति र राज्य संरचनाबाट हुँदै आएको विभेद, बहिष्कार तथा मानसिक र शारीरिक शोषणको विरुद्धमा आवाज उठाउनुका साथै, सामाजिक स्वीकार्यता र समानताको पक्षमा उभिने उद्देश्य यसमा निहित छ।
यो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समाज,परिवार र राज्यबाट मात्र होइन कि स्वास्थ्य क्षेत्र, सरकारी कामकाज देखि सार्वजनिक स्थान, स्कुल कलेज देखि हुँदा हुँदा यद्यपि चलचित्र क्षेत्रमा पनि अझै सम्म पनि विभेद विद्यमान रहिछ भन्ने कुराको मैले महसुस गरेँ!
अझै त्यस्ता वर्ग समुदाय यो समुदायको छन् जसको कुनै पावर पहुँच छैन उनको स्थान कहाँ होला सहजै अनुमान लगाउन सक्नु हुन्छ l म प्रति भएको यस्तै किसिमको व्यवहार पनि मलाई मात्र होइन सिङ्गो समुदायलाई गरिएको विभेद अनि एक किसिमको शोषण हो। जसप्रति म ध्यानाकर्षण पनि गराउन चाहन्छु।
यस यात्रामा हाम्रो तर्फबाट गरिएको लगानी र सहकार्य केवल आर्थिक पक्षमा सीमित थिएन, बरु यसले समावेशी समाज निर्माणप्रति हाम्रो प्रतिबद्धता पनि झल्काउँछ।
यद्यपि, हालै सम्पन्न अवार्ड सो कार्यक्रममा मेरो उपस्थिति नहुनु र यस प्रोजेक्टमा हाम्रो संलग्नताको उल्लेखसमेत नगरिनु दुःखद अनुभव रह्यो। यस फिल्मका निर्माता निर्देशक समुद्र भट्टप्रति मेरो तर्फबाट गहिरो खेद प्रकट गर्दछु। जहाँ एक्लैले श्रेय लिने काम भएको महसुस गरेँ! लगानीकर्ता नै ओझेलमा पारिएको देखियो!
यसले योगदानको उचित सम्मान, पारदर्शिता र श्रेय वितरणसम्बन्धी गम्भीर प्रश्न उठाएको छ। हामी स्पष्ट रूपमा विश्वास गर्छौँ कि कुनै पनि सिर्जनात्मक कार्य सामूहिक प्रयासको परिणाम हो। त्यसैले यससँग सम्बन्धित सबै पक्षको योगदानलाई उचित रूपमा स्वीकार गरिनु नै व्यावसायिक नैतिकताको आधारभूत मापदण्ड हो।
यो अभिव्यक्ति कुनै व्यक्तिगत आरोपभन्दा बढी, समग्र कार्य प्रणालीमा पारदर्शिता, उत्तरदायित्व र पारस्परिक सम्मानको आवश्यकता प्रति ध्यानाकर्षण गराउने उद्देश्यले प्रस्तुत गरिएको हो।
हामी “गुन्यु–चोलो” ले बोकेको सन्देशप्रति गर्व गर्दछौँ र भविष्यमा पनि यस्ता सामाजिक रूपमा अर्थपूर्ण पहलहरूमा सहकार्य गर्न तत्पर रहनेछौँ।
यो पनि : तेस्रोलिंगीको जीवन सङ्घर्ष बोकेको ‘गुन्यो चोलो’, नाजिरको अभिनय अविस्मरणीय
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.