कालीकोट एम्बुलेन्स दुर्घटना अपडेट : घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो

कालीकोट एम्बुलेन्स दुर्घटना अपडेट : घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो

116
SHARES
एम्बुलेन्स दुर्घटनामा परि घाइते भएकाहरूलाई उपचार गरिँदै। तस्बिर/ सौजन्य : डा. दर्शनराज पाण्डे

कालीकोट – कालीकाेटमा बुधवार राति भएको एम्बुलेन्स दुर्घटनाका घाइतेलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

जिल्लाको खाँडाचक्र नगरपालिका–२ मान्मस्थित मेगर खोला नजिक जुम्लाबाट बिरामी लिएर सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स राति ८:१० बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी जुम्ला जिल्ला हिमा गाउँपालिका–६ पातरखोला बस्ने वर्ष ३२ का भिम बहादुर अधिकारी र एम्बुलेन्स चालक वर्ष २६ का शक्ति बहादुर शाहीको मृत्यु भएको थियो।

सोही दुर्घटनामा परी २ जना गम्भीर घाइते समेत भएका थिए। घाइते हुनेमा सोही स्थानका वर्ष ७१ का कल बहादुर अधिकारी र जुम्लाकै २० वर्षीय लोकेन्द्र शाही रहेका छन्।

एम्बुलेन्स दुर्घटनापछि घाइते दुवै जनालाई उद्धार गरी जिल्ला अस्पताल मान्ममा सामान्य उपचार गरिएको र थप उपचारका लागि तत्कालै प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल कालीकाेटका मेडिकल अफिसर डा. दर्शनराज पाण्डेले बताए।

उनका अनुसार घाइतेको अवस्था गम्भीर देखिएको र तत्काल अप्रेसन गर्नुपर्ने भएपछि रेफर गरिएको हो।

घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी नायव उपरीक्षक हिम बहादुर खत्रीको नेतृत्वमा १५ जनाको प्रहरी टोली खटिएको थियो। टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मान्म पुर्‍याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि सुर्खेत पठाइएको अस्पताल स्रोतले जनाएको छ।

प्रहरीका अनुसार एम्बुलेन्स सडकबाट करिब ३० मिटर तल खसेको थियो।

समाचार शेयर गर्नुहोस्
116
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.