रासायनिक मलमा साढे ८ अर्ब अनुदान दिने तयारी

रासायनिक मलमा साढे ८ अर्ब अनुदान दिने तयारी

पहिचान/ काठमाडौं, कार्तिक २२ – सरकारले यो वर्ष रासायनिक मलमा झण्डै साढे ८ अर्ब रुपैंयाँ अनुदान दिने तयारी गरेको छ । गएको वर्षको रकममा वृद्धि गर्दै सरकारले ८ अर्ब ४७ करोड रुपैंया अनुदान दिने तयारी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ ।
गएको वर्ष भने ३ अर्ब ६७ करोड रुपैंया मलमा अनुदान दिइएको थियो । तीन सय मेट्रिक टन मूल्य बराबरको मल, अनुदानमा कृषकलाई पु-याउने लक्ष्य सहित अनुदान रकम बढाएको कृषि विकास मन्त्रालयका प्रवक्ता डाक्टर प्रभाकर पाठकले जानकारी दिए ।

उनले धान, मकै र गहुँ बालीलाई ध्यान दिँदै मल वितरण गर्ने पनि बताउनुभयो । यो वर्ष किसानलाई मल अभाव नहुने गरी मल खरीद र वितरणको तयारी गरिरहेको पनि प्रवक्ता पाठकले दावी गरे ।

सरकारले कृषि सामग्री कम्पनी मार्फत् कृषकलाई अनुदानमा मल वितरण गर्दै आएको छ । सरकारले रासायनिक मलमा अनुदान दिने व्यवस्था चालु आर्थिक बर्षको बजेटमा नै गर्ने जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.