काठमाडौं,१४ वैशाख (पहिचान)- एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले नेपालको आर्थिक विकासका लागि सबैले सहयोग गर्नु पर्ने बताएका छन् ।
जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अधिवेशन लगायतका कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेका डा भट्टराईले त्यहाँ आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै नेपालमा आर्थिक क्रान्तिको आवश्यकता औंल्याए ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले नेपालको विकासका लागि तत्काल रु. ५ खर्ब १० अर्ब आवश्यक रहेको भन्दै नेपालसँग रहेको रकम सेवा, विकास लगायतका क्षेत्रमा खर्च भइरहेकाले आर्थिक विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको बताए ।
अबको मुख्य एजेन्डा आर्थिक विकास नै भएको र यसका लागि वैदेशिक क्षेत्रबाट लगानी गर्नुपर्नेमा उनको जोड छ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.