निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एचआइभी संक्रमण हुन नदिने चेतना दिदै कण्डम दिवस मनाइयो

एचआइभी संक्रमण हुन नदिने चेतना दिदै कण्डम दिवस मनाइयो

401
SHARES

काठमाडौं ( पहिचान) कार्तिक २ नील हिरा समाजले निशुल्क कण्डम वितरण गरेको छ । एचआइभी संक्रमण हुन नदिन कण्डम प्रयोग गरेर सुरक्षित यौन सम्पर्क गर्नु पर्ने सन्देश सहित समाजले निशुल्क कण्डम वितरण गरेको हो । चेतनाको कमीका कारण धेरै समलिंगी तेश्रोलिंगी एचआइभी संक्रमित हुनु परेको भन्दै समाजले संक्रमण हुन नदिन कण्डमको प्रयोग गर्नु पर्ने सन्देश सहित कण्डम वितरण गरेको हो ।???????????????????????????????

कण्डम दिवसको अवसर पारेर समाजले काठमाडौं, हेटौडा, पोखरा, धनगढी लगायतका ठाउँमा कण्डम र लुव्रिकेन्ट वितरण गरेर दिवस मनाएको छ । समलिंगी तेस्रोलिंगीको मातृ संस्था समाजले सेभ द चिल्ड्रेनको सहयोगमा सुरक्षित यौन सम्पर्कका लागि कण्डमको प्रयोग गरौ भन्ने जनचेतना जगाउँदै आएको छ । कण्डम दिवसको अवसरमा समाजले काठमाडौंको रत्नपार्कमा कण्डम प्रयोग गर्ने तरिका सिकाउँदै कण्डम र लुव्रिकेन्ट वितरण गरेको छ ।

समलिंगी पुरुष पुरुषबीच यौन सम्पर्क गर्दा लुव्रिकेन्टको प्रयोग गर्नु पर्ने नील हिरा समाज चण्डोल शाखाका काउन्सिलर सुयोग न्यौपानेले बताए । न्यौपानेले एचआइभी संक्रमण हुन नदिन कण्डमको प्रयोग गर्नु पर्ने सन्देश सहित कण्डम दिवस मनाउँदै आएको जानकारी दिए । ???????????????????????????????
यस्तै हेटौडाबाट पहिचान सहकर्मी इन्दिरा न्यौपानेका अनुसार विभिन्न संघसंस्थाहरुले १९ औं राष्ट्रिय कण्डम दिवस मकवानपुरको हेटौडामा मनाइएको छ । “दोहोरो सुरक्षाको लागि कण्डममा पहुंच पुर्यायौं” भन्ने नाराका साथ मनाइएको कार्यक्रम रेडक्रस भवनदेखि र्याली शुरु भइ राप्ती रोड, बस पार्क, टिसियन रोड, सिमा चोक हुदै हेटौडाको बुुद्द चोकमा गइ कोण सभामा परिणत भएको थियो ।

कोणसभामा जिल्ला एड्स समन्वय समिति, परिवार नियोजन संघ, नील हिरा समाज, रेडक्रस लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य राख्नु भएका थिए । साथै हेटौडामा खुल्ला हाजिरि जवाफ, नाटक आदि गरि यस वर्षको कण्डम दिवस मनाइएको छ ।
???????????????????????????????यस्तै धनगढीबाट पहिचान सहकर्मी राज चौधरीका अनुसार सुदूर पश्चिम समाज नील हिरा समाज क्षेत्रिय कार्यालयले पनि कण्डम दिवस मानएको छ । सुदूपश्चिम समाज धनगढीले कण्डम दिवसको अवसर पारेर विद्यार्थीलाई लक्षित गरी एच.आई.भी सम्बन्धी अभिमुखीकरण कार्यक्रमम संचालन गरेको छ ।

कण्डम दिवस किन मानउछन् र कण्डमको प्रयोग किन गर्नु पर्छ ? भन्ने बिषयमा सुदूपश्चिम समाजका क्षेत्रिय संयोजक राजु लामाले जानकारी दिएका थिए । उनले समाजमा महिला पुरुषलाइ मात्र नभई समलिंगि तेस्रोलिंगी पनि एच आइ भी र एड्सको जोखिममा रहेको बताउँदै एच आइ भी एड्स हुन नदिन कण्डमको प्रयोग गर्न पर्ने जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्
401
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.