एचआइभी संक्रमितको क्षेत्रमा कार्यरत समलिंगी तेस्रोलिंगीको चिन्ता

एचआइभी संक्रमितको क्षेत्रमा कार्यरत समलिंगी तेस्रोलिंगीको चिन्ता

  • बुधबार, असार ११ २०७१

???????????????????????????????काठमाडौं (पहिचान) असार ११ -एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आएका समलिंगी तेस्रोलिंंगीले आउँदो आर्थिक बर्षका लागि अहिले गर्दै आएको कामले निरन्तरता पाउने नपाउने अन्यौल भएको वताएका छन् । देशका १० जिल्लामा एचआइभी संक्रमण हुन नदिन र संक्रमित भएकाको उपचार सेवा दिदै आएका समलिंगी तेस्रोलिंगीले आउने आर्थिक बर्ष कामले निरन्तरता पाउने नपाउने अन्यौल भएको बताएका हुन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको आर्थिक सहयोगमा नील हिरा समाजले संचालन गरेका कार्यक्रमको बर्षिक प्रगति समिक्षा कार्यक्रममा सहभागी समलिंगी तेस्रोलिंगीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । एचआइभी संक्रमितको क्षेत्रमा नील हिरा समाज मार्फत देशका विभिन्न १० जिल्लामा ३ सय ५० समलिंगी तेस्रोलिंगीले काम गर्दै आएका छन् ।

नील हिरा समाजको ठूलो नेटवर्क छ राष्ट्रिय यौन रोग तथा नियण्त्रण केन्द्रका कार्यक्रम अधिकृत लोकनाथ कँडेलले भने, आउँदो बर्षको कार्यक्रमबारे प्रक्रिया अगाडि बढेपनि टुङ्गो नभएकाले निरन्तरता पाउने नपाउने अन्यौल छ । एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगीलाई जनचेतना जगाउन, उपचार सेवा प्रदान गर्न समलिंगी तेस्रोलिंगीले गर्दै आएको काम प्रभावकारी भएको कँडेलको भनाई छ । उनले समयमा औषधी, टेष्ट किट पुर्याउने काममा भने प्रक्रिया पूरा गर्दा ढिलाई हुने गरेको बताए । समलिंगी तेस्रोलिंगीलाई लक्षित गरेर नील हिरा समाजले गरेको काम राम्रो भएको आफूले पाएको कँडेलको भनाई छ ।

3नील हिरा समज नेपालगंजकी प्रमूख परिना चौधरीले समलिंगी तेस्रोलिंगी भएकैमा विभेदमा परेको समूदायका सदस्य एचआइभी संक्रमित भएमा दोहोरो विभेद भोग्नुपर्ने बाध्यता रहेको बताइन । दुर्गम क्षेत्रमा सेवा दिएर फर्कदा व्याग लुट्ने, पैसा खोस्ने र दुरव्यवहार हुने गरेको उनको भनाई छ । नील हिरा समाजको चितवन कार्यालयका फिल्ड सुपरभाइजर कमलप्रसाद थपलियाले दुर्गम क्षेत्रमा सेवा दिन जादाँ अशिक्षाका कारण छोरा मान्छे छोरीको कपडा लगाएर आएको भनेर गिज्याउने गरेको बताए । शुरु शुरुमा कण्डम र लुव्रिकेण्ट बोकेर हिड्दा प्रहरी समेत दुरव्यवहार गथ्र्यो थपलियाले भने, अहिले भने प्रहरी प्रशासनबाट सहयोग पाइरहेका छौ । कतिपयलाई अहिले पनि कण्डम, लुव्रिकेण्ट, एचआइभी संक्रमितको औषधोपचार निशुल्क हुन्छ भन्ने चेतना नभएकाले ल्यावसम्म ल्याउन समस्या पर्ने गरेको थपलियाको भनाई छ ।

बार्षिक प्रगति समिक्षा कार्यक्रममा सहभागी समलिंगी तेस्रोलिंगीले राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले समयमा पैसा निकासा नदिदाँ विगतमा लामो समय तलव विहिन हुनु परेको भन्दै अव समयमा तलव पाउने गरी रकम निकासा गरिदिन आग्रह गरे । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समयमा कार्यक्रम पारित गरेर बजेट निकासा गरे अझ धेरै प्रभावकारी गर्न सकिने बताइन् । उनले आउँदो आर्थिक बर्षका लागि एचआइभी संक्रमितको सेवा र उपचारका लागि थप कार्यक्रम दिन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरिन् ।

DSC09992यस्तै नील हीरा समाज र सेभ द चिल्डेनको सहकार्यमा भएको बार्षिक समिक्षा कार्यक्रममा सहभागी समलिंगी तेस्रोलिंगीले आउँदो आर्थिक बर्ष चालु आर्थिक बर्षको जस्तै प्र्रभावकारी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।    DSC09977

यस्तै केहीदिन अघि नेपाल उद्योग बाणिज्य महासंघमा भएको कार्यक्रममा सहभागीहरुले एचआइभीको संक्रमण दर समलिंगी तेस्रोलिंगीमा धेरै भएको बताएका छन् । समलिंगी यौन सम्वन्धका कारण सबै भन्दा धेरै एचआइभी संक्रमणको जोखिम रहेको सहभागीले बताएका हुन् । नेपालका लागि अमेरिकी राजदूत पिटर डव्लु बोडेले समलिंगी तेस्रोलिंगीको अधिकारनै मानवअधिकार भएको बताए । उनले एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगी माथि हुने विभेद र दुरव्यवहार अन्त्य गर्न अमेरिकी सरकार प्रतिवद्ध रहेको बताए । नील हिरा समाजको सहारा परियोजनाकी कन्ट्री डाइरेक्टर दुर्गा थापाले विपरितलिंगी व्यक्तिले गर्ने व्यवहारका कारण एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगी खुलेर आउन नसकेको बताइन ।

यसैबीच समलिङ्गी तेश्रोलिङ्गीको गौरबको महिनाका अवसरमा अमेरिकी दुतावासले ईन्द्रेणी रंगको ब्यानर टाँगेको छ । समलिङ्गी तेश्रोलिङ्गी समुदायको गौरबको प्रतिक स्वरुप काठमाण्डुमा रहेको दुतावास भवनमा एकहप्ता सम्म ब्यानर राखिने अमेरिकी दुतावासले जनाएको छ । अमेरिकाले औपचारिक रुपमा सन् २००० को जुन २ तारिखमा जुन महिनालाई समलिङ्गी तेश्रोलिङ्गीको गौरबको महिनाका रुपमा घोषणा गरेको थियो । अमेरिकी दुतावासले जुन महिना भर समलिङ्गी तेश्रोलिङ्गीको अधिकारका विषयमा सक्रिय रुपमा विभिन्न कार्यक्रम गरिरहेको जनाएको छ । Flags in Embassy

Rainbow Flags at the U.S. Embassy Mark LGBT Pride Month

 As part of Lesbian, Gay, Bisexual, and Transgender (LGBT) Pride month, the US Embassy is flying banners in the colors of the rainbow – one of the symbols of LGBT community pride – at the Embassy building in Maharajgunj from June 23-30, 2014.

LGBT awareness month follows IDAHO, the May 17 International Day Against Homophobia and Transphobia, an annual event celebrated internationally to counter homophobia and raise awareness of the discrimination faced by Lesbian, Gay, Bisexual, and Transgender individuals.

On June 15, 2014, President Obama spoke at an LGBT Pride Month reception in Washington, outlining recent improvements on the status of LGBT rights in America.  He stated: “We’ve put forward a strategy to promote and protect the rights of LGBT communities all over the world, because, as Secretary Clinton said back in December, gay rights are human rights.”

During the month of June, US Embassy Kathmandu is actively engaging with Nepali audiences on LGBT rights as part of a broader focus of civil rights programming.

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading