यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई स्वागत गर्दै कीर्तिपुर

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई स्वागत गर्दै कीर्तिपुर

344
SHARES

काठमाडौं : नेपाल गाइड एसोसिएसन कीर्तिपुरले ऐतिहासिक स्थलहरूको बारेमा जानकारी गराउन हेरिटेज वाक गराएको छ।

ऐतिहासिक स्थलहरूको बारेमा जानकारी दिएर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन हेरिटेज वाक गराएको एसोसिएसनले जनाएको छ।

हेरिटेज वाकमा सहभागीहरूलाई कीर्तिपुरमा रहेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको संस्था समर्पण सभ्य समाज नेपालले टिका र खादा लगाएर स्वागत गरेको छ। कीर्तिपुरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मैत्री वातावरण रहेको सन्देश दिन टिका र खादा लगाएर स्वागत गर्ने काममा समुदायका सदस्यलाई अवसर दिएको एसोसिएसनले जनाएको छ।

हेरिटेज वाकमा सहभागीहरूको स्वागतमा समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जन, मौनी महर्जन र नमस्तिका श्रेष्ठ खटिए। एसोसिएसनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई कीर्तिपुरमा स्वागत हुँदै आएको बताएको छ।

हनि, मौनी र नमस्तिका मार्फत कीर्तिपुर एलजीबीटीआई पर्यटकका लागि स्वागत, सम्मान र सुरक्षित वातावरण रहेको सन्देश दिइएको एसोसिएसनले बताएको छ। एसोसिएसनले कीर्तिपुरमा एलजीबीटीआई पर्यटकलाई आकर्षित गराउन विभिन्न कार्यक्रमहरू गर्दै आएको जनाएको छ।

समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जनले हेरिटेज वाकमा सहभागीहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए। कीर्तिपुर गाइड एसोसिएसनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटकको स्वागत सत्कारमा सहभागी गराएकोमा सचिव महर्जनले धन्यवाद पनि दिएका छन्।

समाचार शेयर गर्नुहोस्
344
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.