निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

खोई हाम्रो अधिकार ? : समलिंगी तेस्रोलिंगी

खोई हाम्रो अधिकार ? : समलिंगी तेस्रोलिंगी

796
SHARES

चितवन (पहिचान) मंसिर १२ – यौनिक तथा लैगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समुदायले अधिकार अझै पनि सुनिश्चित नभएको समलिंगी तेस्रोलिगीले बताएका छन् । चितवनको नारायणगढमा नील हिरा समाजको सहयोगमा मानव सरोकार समाजले विहीबार र शुक्रबार आयोजना गरेको समलिंगी तेस्रोलिंगीको कानुनी अधिकार तथा समतामुलक समाज निर्माणका लागि पत्रकारिताको भुमिका बिषयक दुई दिने प्रशिक्षण कार्यक्रममा अझै पनि यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकार सुनिश्चत हुन नसक्नु दुःखद भएको उनीहरुको भनाई छ ।

चितवनको नारायणगढमा भएको प्रशिक्षण कार्यक्रममा अधिबक्ता सुजन पन्तले जाकर्ता प्रिन्सिपलमा यौनिक तथा लैगिक अल्संख्यकका अधिकारबारे स्पष्ट उल्लेख भएपनि नेपालमा त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताए । जाकर्ता प्रिन्सिपलमा समलिंगी तेस्रोलिंगीका २९ वटा अधिकार उल्लेख गरिएको पनि उनले जानकारी दिए ।

पछिल्लो समय समलिंगी तेस्रोलिंगीको अधिकारबारे सरकार केही उदार भएपनि ब्यबाहारमा कार्यान्वयन भने नभएको अधिबक्ता पन्तले बताए । मानिस जन्मिएकै दिन देखि स्वतन्त्र र समान हुन्छन् भनेर संयुक्त राष्ट्रसंघको मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख गरिए पनि नेपालले यसको उपेक्षा गरेको अधिबक्ता पन्तको भनाई छ ।

अझै पनि कतिपय मुस्लिम देशहरुमा समलिंगी तेस्रोलिंगी संबन्धलाई प्रतिबन्ध लगाइएको प्रति आपत्ति जनाउदै अधिबक्ता पन्तले मानवअधिकार बिरोधी यस्तो ब्यवस्थाको अन्त्य गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पछि परेका महिला, जनजाती, सिमान्तकृत लगायत अन्य अल्पसंख्यकहरुलाई राज्यले आरक्षणको ब्यबस्था गरेपनि समलिंगी तेस्रोलिंगीलाई भने यो अधिकारबाट बञ्चित गरिएको भन्दै समलिंगी तेस्रोलिंगीहरुले आपत्ति जनाए ।

अधिबक्ता पन्तले राज्यका निकायहरु अझै पनि समलिंगी तेस्रोलिंगी मैत्री हुन नसकेको भन्दै बिभेदपूर्ण ब्यबाहार गर्ने राज्यको निकाय तथा ब्यक्तिबिरुद्ध रिट दायर गर्न सुझाव दिए ।

मानव सरोकार समाजका कार्यक्रम संयोजक देव श्रेष्ठले समलिंगी तेस्रोलिंगीले विशेष अधिकार नपाएपनि समान अधिकार भने पाउनु पर्नेमा जोड दिए ।

समाचार शेयर गर्नुहोस्
796
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.