निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आफ्नै परिवारमा तेस्रोलिंगी जन्मिए के हुन्छ ? : शिशिर योगी

आफ्नै परिवारमा तेस्रोलिंगी जन्मिए के हुन्छ ? : शिशिर योगी

650
SHARES

काठमाडौं (पहिचान) फागुन २९ -गायक शिशिर योगीले समाजले नबुझे कै कारण यौनिक तथा लैगिक अल्पसंख्यक समुदायलाई महिला पुरुष सरह हेर्न नसकेको बताएका छन् । महिला पुरुषबारे जसरी सबैलाई थाहा हुन्छ त्यसैगरी समलिंगी तेस्रोलिंगीबारे आम समुदायलाई जानकारी नहुनु नै समलिंगी तेस्रोलिंगी माथी बिभेद हुनुको मुख्य कारण भएको योगीको भनाई छ ।
परम्परा देखी नै समाजले यौनिक तथा लैगिक अल्पसंख्यकलाई फरक नजरले हेर्ने गरेको भन्दै गायक योगीले त्यो परम्परा जस्तै बनेको बताए । तर, बिस्तारै समाजले बुझ्न भने थालेको उनको भनाई छ । ‘समाजले बिस्तारै बुझ्न थालेको छ । पछिल्लो समय समलिंगी तेस्रोलिंगीबारे बुझ्ने र महिला पुरुष सरह समलिंगी तेस्रोलिंगी पनि हुन् भन्ने मानसिकताको विकास हुदै गएको छ । त्यसैले अब बिस्तारै उनीहरुलाई पनि समान ब्यबाहार हुन थाल्छ जस्तो मलाई लाग्छ ।’ उनले भने ।
‘भोली हाम्रै परिवारमा पनि यस्तो सन्तान जन्मिन सक्छ ।’ गायक योगीले भने, ‘त्यसैले आजैबाट हामीले सबै समान हुन् भनेर सबैलाई समान त्यही अनुसारको ब्यबाहार गर्नु पर्छ ।’ समलिंगी तेस्रोलिंगी महिला पुरुष सरह प्राकृतिक भएको भन्दै उनले समलिंगी तेस्रोलिंगी भएकै आधारमा उनीहरुलाई फरक नजरले हेर्नु मानवअधिकार बिरुद्दको कार्य भएको बताए ।
समाजमा पछि परेको वर्ग वा समुदायलाई सरकारले आरक्षणको ब्यबस्था गर्ने गरेको स्मरण गर्दै उनले समलिंगी तेस्रोलिंगी पनि अल्पसंख्यक भएको भन्दै यो समुदायलाई राज्यले सरकारी आरक्षणसँगै विशेष ब्यबस्था गर्नु पर्नेमा जोड दिए । जीवनको अर्थ बुझ्न सक्ने ब्यक्तिले कसैलाई पनि बिभेदको नजरले नहेर्ने भन्दै गायक योगीले मानव जीवनको अर्थ बुझ्न सबैलाई आग्रह गरे ।

समाचार शेयर गर्नुहोस्
650
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.