निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी महिलालाई सत्य तथ्य पत्ता नलगाई हिरासतमा राखिएको पश्चिम ताराको दावी

समलिंगी महिलालाई सत्य तथ्य पत्ता नलगाई हिरासतमा राखिएको पश्चिम ताराको दावी

743
SHARES

बाँके (पहिचान) चैत्र १० – पश्चिम तारा नेपाल नेपालगंजले बाँकेमा समलिंगी मृत फेला परेको घटनामा दोषी नभएका व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको दावी गरेको छ । सत्य तथ्य पत्ता नलगाई समलिंगी तेस्रोलिंगी समूदायका व्यक्तिलाई मात्रै हिरासतमा लिएको दावी पश्चिम तारा नेपालको छ ।

पश्चिम तारा नेपालकी अध्यक्ष परीना चौधरीले नील हिरा समाजमा गराएको लिखित जानकारीमा समलिंगी महिला गीता मल्ललाई यथार्थ पत्ता नलगाई हिरासतमा लिएर अमानवीय तरिकाले दुरव्यवहार गरी सार्वजनिक मुद्धा लगाएको जिकिर गरिएको छ । प्रहरीले चैत्र २ गते बाँकेको बेलासपरमा रहेको डेरामा सरीता शाहीलाई मृत अवस्थामा फेला पारेको थियो । प्रहरीले एक बर्षअघि समलिंगी बिबाह गरेका गीता मल्लाई अनुशन्धानका लागि भन्दै हिरासतमा लिइरहेको छ ।

समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजको शाखा कार्यालय  पश्चिम ताराले सरीताले झुण्डिएर आत्महत्या गरेको दावी गरेको छ । प्रहरीले पनि हत्या या आत्महत्या के हो खुलाई सकेको छैन । गीतालाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत हिरासतमा लिएर अनुशन्धान भइरहेको वताएको छ ।

पश्चिम तारा नेपालले यो सँगै संस्थाका कर्मचारी प्रतिक्षा चौधरी, लछुमन विक (राधिका) र रमेश थारु (ज्ञानु) लाई चैत्र ७ गते साँझको समयमा नेपालगंजको सेतु विक चोकमा अपरिचित महिलाले छक्का, हिजडा भनी अमानवीय शब्द प्रयोग गर्दा दुवै पक्षबीच चर्काचर्की भएको र त्यसपछि प्रहरीले दुवै पक्षलाई सोधपुछ नगरी, यथार्थ पत्ता नलगाई यस समुदायका व्यक्तिहरुलाई मात्र हिरासतमा लिई अमानवीय तरिकाले द्रुव्यवहार गरी सार्वजनिक मुद्दा लगाएको हुदाँ सो सम्बन्धमा पनि यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको नील हिरा समाजमा जानकारी गराएको छ ।

पश्चिम तारा नेपालले यो अमानवीय व्यवहार समेत प्रति छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । उसले निजहरुको झुठ्ठा मुद्दा खारेज गरी निजहरुको आत्मसम्मान, मानवअधिकार रक्षा गर्नको लागी कानुन व्यवसायीको आवश्यकता परेको भन्दै वरिष्ठ अधिवक्ता लोक बहादुर शाहलाई यो मुद्दा हेर्ने गरी जिम्मेवारी दिईएको जानकारी पनि गराएको छ ।

यो पनि पढ्नुहोस :

समलिंगी महिला मृत फेला

समाचार शेयर गर्नुहोस्
743
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.