मरेर पनि बाँचिरहेछु

मरेर पनि बाँचिरहेछु

आनिक राना/पहिचान – भुमरी नै भुमरीमा अल्झिएको जीवन जस्ले स्वास लिन समेत सजिलै संग सकिरहेको हुदैन । अबस्य पनि त्यसले आफ्नो जिन्दगीको लक्ष्यतर्फ समर्पित हुन निकै पीडा हुदोरहेछ । समय र परिस्थितिले जुन व्यक्तिको घाटी थिचि दिएको हुन्छ, सायद त्यसले मन्द गतिले स्वास लिइराखेको त हुन्छ तर उस्का इच्छा आकांक्षा तथा मननहरु बाटोको छेउमा फोहोरहरु फ्याकिए जस्तै यत्र तत्र छरिएका हुन्छन । आखिर जिउँदो लास त हो, न त दाहसंस्कार नै गर्न सकिन्छ, न त उ बाट केही आशा र अपेक्षा नै गर्न सकिन्छ ।

भित्र भित्र खोक्रिएको भित्र भित्र पिल्सिएको न त मायाको न त आधारको त्यहि दोसादमा परेको छु म आखिर मेरो भाग्यमा मात्र यस्तो किन हुन्छु ? सायद दैबले नै यस्तो रचना गरेको हुनुपर्छ । यत्रो ठुलो मजाक किन ? के का लागि ? त्यो मलाई नै आखिर किन ? आज आफनो जिन्दगीदेखि आफैलाई दया लाग्छ स्नेहित हुन पुगेछु । सायद म भित्र गुम्सिएको उराठिलोपन पीडालाई नियाल्न नसकि सितल पवनलाई केवल आफनो ठानी अंङ्गाल्न पुगेछु । गल्ति भनु या यथार्थ भनु यहि मात्र त हो । वास्तबमा भन्ने हो भने सितल पवनले त चाहेर होस या नचाहेर होस अन्य व्यक्तित्वसंग पनि स्पर्श गर्नुपर्ने रहेछ ।

यहिनेर त पीडा हुन्छ मलाई यहि निर त खपिनसक्नु हुन्छ मलाई । तर बाधिएको व्यक्ति आँखा चिम्लिदिन्छु अगाडि भिर रहे पनि । आजभोलि चन्द्रमा प्रति निकै स्नेह जाग्न थालेको छ । किन भने चन्द्रले फिजाएको सितल रोसिनहरु निस्केपछि भेदभावरहित तथा समानताले हरेक व्यक्तिलाई धनी, गरीव, महिला, पुरुष, अनि तेस्रोलिंगी नभनि मार्ग दर्शन गरिरहेको हुन्छ । राम्रो नराम्रो केहि भन्दैन । आखिरमा उपभोग गर्नेको नियतमा भर पर्ने कुरा हो । वास्तबमा भन्ने हो भने मेरो सोच नै गलत हो । के आजसम्म कुनै माहान पुरुषले चन्द्रमालाई आफनो बसमा पार्न नचाहेको हो र ? पक्कै पनि होइन । यथार्थ भन्ने हो भने नसकेको हो ।

यदि कुनै व्यक्तिले चन्द्रमालाई कैद आफनो बसमा गरेको भए स्वतन्त्रता सम्भब थियो त ? कदापि थिएन । जुनेली रात नरहेर औसिको रात मात्र हुने थियो । उहि डर लाग्दो काहाली लाग्दो र भयाबह हुने थियो होला । वास्तबिकता त यहि हो, तर पनि मेरो व्यक्तिगत चाहाना यस्को बिपरित रहेको छ । तर के गर्नु यहानेर प्रवेश गर्दछ बिबसता, बाध्यता र परिबन्ध सबै भन्दा अप्ठयारो पल त्यहानेर नै हुदोरहेछ । मैले न त निस्ठुरी भन्न सक्छु । नत मायालु नै भन्न सक्छु । के भनु म दोषाधमा परेको छु । मस्तिष्कले काम नगर्ला जस्तो भैसकेको छु । तर पनि कोसिस गर्नेर्छु । के भनु भनेर दुखमा साथ दिने सारथी भइदिएको भए । सायद यस्तो हुने थिएन होला जिन्दगी । जिन्दगीको बाँकी कथा अर्को भेटमा ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.