हामीले नगरे कसले गर्ने ?

हामीले नगरे कसले गर्ने ?

आनिक राना/पहिचान – जीन्दगी आफैमा चुनौतीपूर्ण रहेछ । यो चुनौतीसंग भिडनु अर्को एउटा चुनौति रहेछ । यसरी हरेक किसिमका चुनौतीसंग लडदै र भिडदै गर्दा ३५ औ बसन्त पार गरिसकेकी छु मैले । जीवनमा धेरै प्रकारका कष्टसंग भिडिसकेकी छु । यो समाजले कहिले कुनै नाम दिन्थ्यो त कहिले अपशब्दले सम्बोधन गथ्र्यो । तर पनि कुनै पल हरेस नमानी जीवनको रफतारलाई अगाडी बढाइ नै रहे । हरेक क्षण हरेक पल हाँसो र रोदन मिश्रित यो जीवनलाई कहिले मार्दै त कहिले भिडदै आज यहासम्म पुगेकी छु ।

यसरी हरपल जीन्दगी र मेरो पहिचानको लडाईमा कतिले साथ दिए त कतिले समातेको हात नै छाडिदिए । तर पनि मेरो कदम कहिले डगमगायन । होला कहिले एकान्तमा बसेर नरोएको पल, अनि कहिले होला आत्महत्या गर्ने प्रयास नगरेको । तर पनि यो पागल मनलाई सम्हाल्दै चुनौतीपूर्ण जीवनलाई संघर्षमा रुमलि रहे । हात समातेर हिडने साथीहरु आज पनि टाढा नै छन । तर जिन्दगीले पछि यसरी परिवर्तन ल्यायो कि हिजो अनेक नाम र अपशब्दले पुकार्नेहरु आज नजिकबाट मलाई चिन्ने कोसिस गर्छन ।

म महिला र पुरुष भन्दा फरक पहिचान बोकेको व्यक्ति । म र म जस्ता लाखौ मित्रहरुको पहिचान र खुबिको पहिचान अहिले सम्म हुन सकेको छैन । के यो देशको निम्ति म केहि गर्छु भन्दा मलाई किन अबसर दिइदैन । के म नेपाली नागरिक होइन र ? के म नेपाल आमाको सन्तान होइन र ? यहा किन विभेद हुन्छ ? किन सबैलाई समान रुपमा हेरिदैन ? एक पटक सबैले सबैलाई सम्मानित नजरले हेरौ ।

यो समाजमा यो देशमा अर्को नयाँ पालुवा पलाउनेछ जुन मनमोहक र देश हितको लागि हुनेछ । अनि आउनेछ नया पिडिको नयाँ सोच, बन्नेछ नयाँ नेपाल । हामी सबै भिन्न हामी सबै समान भनेझै आज र अहिलेबाट नै सबैले सोचौ हामी सबैमा सकारात्मक सोच अनि जागर छ । तर एक अर्कालाई हेपाहा दृष्टिले हेर्न छाडौ । भनिन्छ हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.