निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ललितपुरबाट तीन जनाले अन्य उल्लेख गरेर नागरिकता पाए

ललितपुरबाट तीन जनाले अन्य उल्लेख गरेर नागरिकता पाए

925
SHARES

ललितपुर (पहिचान) असार १२ – जिल्ला प्रशासन कार्यालय ललितपुरले तीन जना तेस्रोलिंगीलाई पहिचान अनुसार लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता वितरण गरेको छ । ललितपुर पाटन निवासी १७ बर्षिय रुक्सान कपाली, इमाडोलका करुणा बिष्ट र कुसुम बिष्टले लिंगको महलमा अन्य उल्लेख गरिएको नागरिकता लिएका हुन् । सर्वोच्च अदालतको आदेश पछि गृह मन्त्रालयले जारी गरेको परिपत्र अनुसार समलिंगी तेस्रोलिंगीलाई जिल्ला प्रशासन कार्यालयले अन्य उल्लेख गरेर नागरिकता वितरण गर्दै आएको छ ।

11426417_514906471996998_6362477602618780473_o (1)पछिल्लो पटक अन्य उल्लेख गरेर नागरिकता पाएकोमा रुक्सानले खुशी व्यक्त गरेका छन् । म धेरै खुशी छु पहिचान अनुसारको नागरिकता लिएपछि पहिचान अनलाइनसँग रुक्सानले भने, शैक्षिक प्रमाणपत्रमा पहिचान खुलाउने अभियान जारी छ । उनले यसैबर्ष एसएलसी उर्तिण गरेका हुन् । एसएलसीको प्रमाणपत्रमै तेस्रोलिंगीको पहिचान उल्लेख गर्ने प्रयास भने सफल हनु नसकेको रुक्सानले वताए । उनले पहिले गलत पहिचान उल्लेख गरेर नागरिकता लिएका समलिंगी तेस्रोलिंगीलाई अन्य उल्लेख गरेर नागरिकता दिनु पर्ने माग समेत गरे ।

पहिलेनै नागरिकता लिएका समलिंगी तेस्रोलिंगीलाई भने जिल्ला प्रशासन कार्यालयहरुले अन्य उल्लेख गरेर नागरिकता दिएका छैनन् । पहिले गलत पहिचान अनुसारको नागरिकता लिएकाहरुलाई पनि अन्य उल्लेख गरेर नागरिकता दिनु पर्ने माग सहित तेस्रोलिंगी आनिक रानाले समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजको तर्फबाट एक बर्षअघि सर्वोच्चमा दायर गरेको रिटको अझै सुनुवाई हुन सकेको छैन । सुनुवाईका लागि अहिलेसम्म दुई पटक पेशी तोकिए पनि सुनुवाई हुन नसकेको अधिवक्ता सुजन पन्तले वताए ।

समाचार शेयर गर्नुहोस्
925
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.