निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी तेस्रोलिंगीलाई खुल्ने वातावरण बनाइदिन सरकारसँग अध्यक्ष गुरुङको आग्रह

समलिंगी तेस्रोलिंगीलाई खुल्ने वातावरण बनाइदिन सरकारसँग अध्यक्ष गुरुङको आग्रह

586
SHARES

भक्ती शाह/काठमाडौं (पहिचान) साउन २७ – नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले सुरक्षा दस्ता, खेलकूद र कलाकारिता क्षेत्रमा रहेका समलिंगी तेस्रोलिंगीलाई खुल्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेकी छन् । सेक्युरिटी फोर्स (सुरक्षा दस्ता), कलाकारिता र खेलकूद क्षेत्रमा धेरै समलिंगी तेस्रोलिंगी छन् अध्यक्ष गुरुङले भनिन, उनीहरुलाई खुल्ने वातावरण राज्यले बनाइदिनु पर्छ । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा भएको कार्यक्रममा उनले आफ्नो यौनिकता पहिचान गर्न सक्ने वतावरण बनाइदिनु पर्नेमा जोड दिइन । यौन अभिमुखिकरणको कमीले उनीहरु खुलेर आउन नसकेको अध्यक्ष गुरुङको भनाई छ ।

सुरक्षा दस्ता, कलाकारिता र खेलकूद क्षेत्रमा रहेका समलिंगीको राज्यले पहिचान नगरेको वताउँदै यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको मातृ संस्था समाजकी अध्यक्ष गुरुङले भनिन्, खुलेर आउनेलाई विभेद, लाञ्छना र बहिष्कार गरिन्छ यस्तो गुनासो संस्थागत रुपमै आइरहेको छ । यि क्षेत्रमा जन्मजात महिला तर पुरुषको स्वभावमा रहेकाहरुले ठूलो योगदान पुर्याएपनि विभेद, लाञ्छना र बहिष्करणमा पर्ने डरले खुल्न नसकेको अध्यक्ष गुरुङले वताइन । यौन अभिमुखिकरणका बिषयमा राज्यले सुरक्षा दस्ता, कलाकारिता र खेलकूद क्षेत्रमा चेतना जगाउनु पर्ने अध्यक्ष गुरुङले खाँचो औल्याइन । IMG_20150812_083953383

युवा तथा खेलकूद मन्त्रालयले पहिलो पटक आफ्नो समूदायलाई मञ्चमा बोल्ने अवसर दिएको भन्दै अध्यक्ष गुरुङले अब गठन हुने युवा परिषद्मा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई पनि सहभागी गराउनु पर्ने माग गरिन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकारमा नील हिरा समाज संस्थाले ठूलो फड्को मारिसकेको उनको भनाई छ । संबिधानको मस्यौदामा यो समूदायको अधिकार लेखिएको वताउँदै अध्यक्ष गुरुङले युवा तथा खेलकूद मन्त्रालयले आफ्नो समूदायलाई अवसर दिएकाले प्रोत्साहित बनाएको वताइन ।

उनले युवा दिवसको अवसरमा सम्मानित १९ जनालाई बधाई दिदै अब समानता र समावेशीका आधारमा समलिंगी तेस्रोलिंगीलाई पनि सम्मान गर्नुपर्ने सुझाव दिइन । समय परिवर्तन हुन्छ अध्यक्ष गुरुङले भनिन, भोली यो समूदायको राजनीतिक, संबैधानिक, सामाजिक रुपमा अधिकार स्थापित हुने आशा गरेको छु ।  कार्यक्रममा युथ एडभोकेट नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले लिंगका आधारमा कसैलाई विभेद गर्न नहुने वताए । युवा दिवसका अवसरमा उपप्रधान एवं गृहमन्त्री बामदेव गौतम, कानुन मन्त्री नरहरी आचार्य, युवा तथा खेलकूद मन्त्री पुरुषोत्तम पौडेलले १९ जना व्यक्तित्वलाई सम्मान गरेका थिए ।

समाचार शेयर गर्नुहोस्
586
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.