निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘नेपाल बार एसोशिएसन समलिंगी तेस्रोलिंगीको अधिकार विरुद्ध छैन’

‘नेपाल बार एसोशिएसन समलिंगी तेस्रोलिंगीको अधिकार विरुद्ध छैन’

876
SHARES

काठमाडौं (पहिचान) भदौ ११ -नेपाल बार एसोशिएसनका कोषाध्यक्ष मोहन इङनामले एसोशिएसन यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समुदायका विरुद्धमा नरहेको बताएका छन् । यौनिक तथा लंगिक अल्पसंख्यकहरुको अवाज रेडियो कार्यक्रम ‘पहिचान’सँगको कुराकानीमा कोषाध्यक्ष इङनामले केही व्यक्तिहरुको इन्टेनसन भन्दा पनि प्राविधिक त्रुटीका कारण नेपाल बार यो समूदायको अधिकार विरुद्ध भए जस्तो पर्न गएको भन्दै वास्तविकता त्यस्तो नभएको बताए ।
‘हामी (बार एसोशिएसन)ले संविधानका विषयमा दुइदिने सम्मेलन नैं गरेर बहस गरेका थियौ’ कोषाध्यक्ष इङनामले भने, ‘तर प्राविधिक विषय मिलाउने जिम्मा संविधानको एक्सपर्टका हिसावले मध्यामाञ्चल उपाध्यक्ष टिकाराम भट्टराई र महासचिव सुनिल पोखरेलले लिनुभएको थियो ।’ उनले यौनिक अभिमूखीकरण शब्द हटाउने सुझाव जानु पनि बार एसोसिएसनको नभएर उनीहरुकै धारणा अनुसार गएको बताए । उनले यस्ता प्राविधिक विषयले अधिकार विहिनहरुको अधिकारमा ठुलो अर्थ लाग्ने भन्दै अब संसोधन मार्फत त्यो सुधार गर्नुपर्ने भन्दै दलहरुलाई पनि सुझाव दिन सम्बन्धित समुदायलाई आग्रह गरे ।
कोषाध्यक्ष इङनामले सरकारका तर्फबा संविधान निर्माणका अन्तिम चरणमा कमजोरी भइरहेको भन्दै मधेसमा देखिएका विरोधका स्वरहरुको राजनीतिक समाधान खोज्न र अपराधिकर र राजनीतिक समुहरुको पहिचान गरी त्यसलाई फरक व्यवहार गर्दै संविधान जारी गर्ने सुनिश्चितता गर्न आग्रह गरे । ‘कैलाली घट्ना हुनुअघि विशेष प्रहरीले कुनै अपराधिक घट्नाहुने सूचना ल्याएको र सचेत गराएको देखिएन’ उनले भने, ‘सरकारले यस्ता संयन्त्रको अधिकतमम प्रयोग गर्नुपर्यो हैन भने संयन्त्र नैं खारेज गर्नुपर्यो ।’ उनले सरकाले यस्तो व्यवहार गर्न नसके विरोधको स्वर ठुलो हुदै जाने र संविधान निर्माणको प्रक्रिया प्रभावित हुँदा सबैका अधिकार अनिश्चित हुने बताए ।

समाचार शेयर गर्नुहोस्
876
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.