नितु घले/ पहिचान – केटाको रूपमा जन्म लिए पनि बाल्यकालमा भाँडाकुटी खेल्दादेखि नै केटीको हाउभाउ र संगत मन पराउँथिन् मेघना लामा। लगभग पाँच वर्षको उमेरदेखि आफूलाई बेग्लै महसुस गर्न थालेकी उनी कुर्ता, स्कर्ट, सारी लगाउन मन पराउँथिन्। प्राकृतिक रूपमा केटा तर मन मस्तिष्कले केटी भएकाले उनी म को हुँ, के हुँ भन्ने कुरामा अल्मलिरहिन्। लामो समयसम्म उनले यो कुरा खुलेर कसैलाई भन्न सकिनन्। सन् २००८ मा जब नील हीरा समाजमा पुगिन् त्यसपछि आफूजस्तै मानिसलाई तेस्रोलिंगी भनिँदो रहेछ भनेर थाहा पाइन्।’आफ्नो सेक्सुवालिटीको बारेमा थाहा नहुँदा मान्छेको भेदभाव सहेर हिँड्नु पर्थ्यो।
उपयुक्त समय आएपछि इतिहास रचेर धुमधामका साथ विवाह गर्ने मैले योजना बनाएकी छु। म तेस्रोलिंगी समुदायमा उदाहरणीय विवाह गर्न चाहन्छु।
म के हुँ भन्न सक्दिनथिएँ तर म अहिले खुलेर भन्न सक्छु’, मेघना भन्छिन् । परिवारमा दाइको मृत्यु भएपछि उनी एक्लो सन्तान बनिन्। ‘बाबाले वंश चलाउनुपर्छ, विवाह गर्नुपर्छ भनेर दबाब दिइरहनुभएको छ तर म केटी हुँभन्दा कसैले सकारात्मक रूपमा लिएनन्’, मेघना गुनासो गर्छिन्, ‘मैले यो रूप अपनाएर धेरै संघर्ष गरेपछि बल्ल परिवारबाट अहिले स्वीकार्न थालिएको छ।’आफ्नो सेक्सुवालिटीको बारेमा थाहा नहुँदा मान्छेको भेदभाव सहेर हिँड्नु पर्थ्यो। म के हुँ भन्न सक्दिनथिएँ तर म अहिले खुलेर भन्न सक्छु।
फेसन डिजाइनिङ पढेकी मेघना मोडलिङ क्षेत्रमा पनि जमेकी छन्। पछिल्लो समय नेपालमा फेसन डिजाइनरको संख्या धेरै भएकाले उनलाई अलग्गै व्यवसायमा लाग्ने रहर जाग्यो। केही महिनाअघि काठमाडौंको वसन्तपुरमा पिंक टिफानीनामक रेस्टुरेन्ट व्यापार सुरु गरेकी छन्। ‘अठार लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको यो रेस्टुरेन्टमा दस जनाले रोजगारी पाएका छन्’, मेघना भन्छिन्।सभार : See more at: http://annapurnapost.com/News.aspx/story/18541#sthash.e2KfgVVj.dpuf
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.