१५ औं स्थपाना दिवसका अबसरमा विद्यालयलाई २५ हजार सहयोग

१५ औं स्थपाना दिवसका अबसरमा विद्यालयलाई २५ हजार सहयोग

काठमाडौं (पहिचान) भदौ २६ – नील हिरा समाजले १५ औं स्थापना दिवस मनाएको छ । केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौंमा समाजले आफ्नो १५औं वार्षिक उत्सवको अबसरमा केक काटेर वार्षिक उत्सव मनाएको हो । सो अबसरमा अध्यक्ष पिंकी गुरुगंले समलिंगी तेस्रोलिंगीको अधिकारका क्षेत्रमा काम गर्ने नील हिरा समाजले आज सम्म गरेको उपलब्धिको बारेमा चर्चा गर्दै अब बन्ने नयाँ संविधानले समलिंगी तेस्रोलिंगीको अधिकार सुनिश्ति गर्नु पर्ने बताइन् ।

संविधानसभाले यो पटक पनि अधिकार सुनिश्चित नगरे अझै आँफुहरु सयौं वर्ष पछि पर्ने बताउदै अध्यक्ष गुरुगंले अधिकार प्राप्तिको लडाईमा नील हिरा समाजको यात्रा जारी रहेको बताइन् । १५ वर्षको दौरानमा समाजले धेरै उपलब्धी हासिल गरेको भन्दै उनले अब संविधानमै आफ्नो अधिकार सुनिश्चत हुन सके यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका ब्यक्तिलाई हुने विभेद बिस्तारै अन्त्य हुने बताइन् । School 2
यसै अबसरमा यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकार प्राप्तिका अभियन्ता तथा पूर्व सभासद सुनिलबाबु पन्तले नील हिरा समाजको १५ औं वार्षिक उत्सको अबसरमा समाजको अधिकार प्राप्तिको अभियानले सफलता प्राप्त गरोस भन्दै प्रगतिको कामना गरेका छन् । हाल लण्डनमा रहेका पन्त नील हिरा समाजका संस्थापक हुन् ।
वार्षिक उतसवको अबसरमा बोल्दै कार्यकारी निर्देशक मनिषा ढकालले नील हिरा समाजको पहलमा अहिलेसम्म नागरिकता, राहदानी जस्ता महत्वपूर्ण अधिकार प्राप्त गरिसकेको भन्दै अझै अधिकार प्राप्तिको अभियान जारी रहेको बताइन् । उनले यौनिक तथा लैगिक अल्पसंख्यकका ब्यक्ति अझै बाँकी अधिकारका लागि संगिठित भएर अघि बढ्नु पर्ने बताइन् ।
यस्तै तेस्रोलिंगी मानव अधिकारबादी भूमिका श्रेष्ठले संस्थापक सुनिलबाबु पन्तको योगदान कै कारण यौनिक तथा लैगिक अल्पसंख्यकका ब्यक्तिले अधिकार प्राप्त गर्न थालेको भन्दै उहालाई नील हिरा समाजले संधै सम्झिरहेको बताइन् । पन्तले देखाएको बाटोमा आँफुहरु लागेकाले अधिकार प्राप्तिको अभियान सफल हुँदै गएको श्रेष्ठको भनाई छ ।
यसैबीच, वार्षिक उत्सवको अबसरमा नील हिरा समाजले काभ्रेको काशिखण्ड नगरपालिका वडा नम्वर २ मा रहेको भिमेश्वर निम्न माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । समाजले विद्यालयलाई २५ हजार नगद सहयोग गरेकोे हो । वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको सो विद्यालय पूर्णनिर्माणका लागि सहयोग पुगोस भनेर नील हिरा समाजले सो रकम प्रदान गरेको समाजकी अध्यक्ष पिंकी गुरुंगले बताइन् । विद्यालयमै पुगेर सो रकम हस्तानतरण गर्दै अध्यक्ष गुरुंगले आफुहरुले समलिंगी तेस्रोलिंगीको अधिकार सँगै समाज सेवामा समेत सकेको सहयोग गर्दै आएको बताइन् ।

School 1यौनिक तथा लैगिक अल्पसंख्यकलाई विद्यालयमा अझै पनि विभेद हुने गरेको भन्दै समलिंगी तेस्रोलिंगी मैत्री अध्ययनको वाताबरण बनाउनु पर्नेमा उनले जोड दिइन् । सो अबसरमा भिमेश्वर निम्न माध्यमिक विद्यालयले एक सम्मान कार्यक्रमको आयोजना गरी अध्यक्ष गुरुगं, कार्यकारी निर्देशक मनिषा ढकाल लगायतलाई सम्मान समेत गरेको थियो । भिमेश्वर बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनदास श्रेष्ठले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजले सहयोग गरेकोमा धन्यवाद दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.