समलिंगी तेस्रोलिंगीको च्याउ खेती

समलिंगी तेस्रोलिंगीको च्याउ खेती

सपना चौधरी/बर्दिया (पहिचान) असोज १० -यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायका सदस्य बिभिन्न आयमुलक काममा संलग्न हुन थालेका छन् । संगठित रुपमा अधिकार प्राप्तिको अभियानमा लागेका यो समूदायका सदस्य पछिल्लो समय विभिन्न आयमुलक काममा संलग्न हुन थालेका हुन् । सुनसरीमा माछा पालन, कैलालीमा बंगुर पालन गरेका यो समूदायका सदस्यले बर्दियामा च्याउ खेती गर्न थालेका छन् ।
Bardiya 11बर्दियाका १७ जना समलिंगी तेस्रोलिंगीले च्याउ खेती गर्न थालेका नील हिरा समाजको शाखा कार्यालय सुन्दर संसार बर्दियाले जनाएको छ । च्याउ खेती गर्न जिल्ला कृषि बिकास कार्यालय बर्दिया र सुन्दर संसार बर्दियाबीच भएको सम्झौता अनुसार कृषि कार्यालयले १५ हजार सहयोग स्वरुप च्याउको बिउ, च्याउ प्लास्टिक र च्याउको ड्रम (परालको भुष उमाल्ने) सहयोग गरेको छ ।
सम्झौता पत्रमा जिल्ला कृषि बिकास कार्यालय बर्दियाको तर्फबाट बरिष्ठ कृषि बिकास अधिकृत हिक्मत कुमार श्रेष्ठ र सुन्दर संसारको तर्फबाट अध्यक्ष ठाकुर प्रसाद थारुले हस्ताक्षर गरेका छन् । च्याउ खेती उत्पादनबाट भएको आम्दानी सुन्दर संसारको खातामा जम्मा गर्ने र आबश्यक परेको बेला सदुपयोग गर्ने योजना बर्दियाका समलिंगी तेस्रोलिंगीले बनाएका छन् ।
समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजका उपनिर्देशक परसुराम राईले आफ्नो समूदायका सदस्य विभिन्न आयमुलक काममा संलग्न हुन राम्रो भएको वताए । समूदायका सदस्य आत्मनिर्भर बन्ने बाटोमा लाग्नु खुशीको कुरा भएको राईको भनाई छ । च्याउ खेती गरेकोमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले शुभकामना दिएका छन् । राम्रो खवर सुन्न पाइयो पन्तले इमेलमा लेखेका छन्, शुभकामना छ सफलताको ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.