कैलालीमा समलिंगी तेस्रोलिंगीको संख्या ५ हजार

कैलालीमा समलिंगी तेस्रोलिंगीको संख्या ५ हजार

कैलाली (पहिचान) असोज  १३ – कैलालीमा चार देखी पाँच हजार समलिंगी तेस्रोलिंगी रहेका छन् । नील हिरा समाजको शाखा कार्यालय सुदुरपश्चिम समाजले आफ्नो सम्पर्कमा अहिलेसम्म चार देखी पाँच हजार समलिंगी तेस्रोलिंगी आएका जनाएको छ । चौधरी समुदायको बाहुल्यता रहेको कैलालीमा निरक्षरताका कारण समलिंगी तेस्रोलिंगी खुल्न नसकेको सुदुरपश्चिम समाजकी अध्यक्ष करुणा अधिकारीले बताइन् । चौधरी समुदाय शिक्षाको पहुँचबाट बाहिर रहेकै कारण आफ्नो पहिचान खुलाउन नसकेको उनको भनाई छ ।
शिक्षाको अबसर पाएपछि बिस्तारै यौनिक तथा लैगिक अल्पसंखयक खुल्ने क्रम बढ्ने अध्यक्ष अधिकारीको विश्वास छ । जिल्ला विकास समिति कैलालीले वार्षिक एक लाख र नगरपालिकाले ५० हजारका दरले समलिंगी तेस्रोलिंगीलाई बजेट छुट्याउदै आएको भन्दै अधिकारीले यो रकम थोरै भएको बताइन् । तेस्रोलिंगी महिला अधिकारीले भनिन्, “समलिंगी तेस्रोलिंगीका लागि यो रकम थोरै भयो । सीप विकासका लागि रकम थोरै भएकै कारण सबैलाई समेट् सकिएन । धेरै बजेट भएको भए सबै समलिंगी तेस्रोलिंगीलाई सीप विकास तथा आयआर्जनका तालिममा समाबेश गर्न सकिन्थ्यो ।”
उनले समलिंगी तेस्रोलिंगीको अधिकार प्रात्तिको अभियान अहिलेसम्म दातृ निकायको सहयोगमा सञ्चालन हुँदै आएको भन्दै अध्यक्ष अधिकारीले सरकारले वार्षिक आयब्यय बजेट मै यौनिक तथा लैगिक अल्पसंख्यकका लागि बजेट छुट्याउनु पर्ने माग गरिन । जिविस र नगरपालिकाले दिएको बजेटबाट यो वर्ष समलिंगी तेस्रोलिंगीलाई बंगुर पालनका लागि तालिम दिएको अधिकारीले जानकारी दिइन् ।
उनले दातृ निकायको सहयोग रोकिएकाले अहिले समलिंगी तेस्रोलिंगीको मानव अधिकारसँगै एचआइभी संक्रमतिका लागि गर्दै आएको सहयोग अबरुद्द भएको बताइन् ।
समलिंगी तेस्रोलिंगीका लागि आर्थिक तथा समाजिक विकासका लागि राज्यका निकायले आरक्षणको व्यवस्था गर्नु पर्नेमा उनको जोड छ । “हाम्रो आर्थिक विकासलागि जसरी दलित, जनाजातिलाई कोटाको व्यवस्था गरिएको छ, त्यो समलिंगी तेस्रोलिंगीका लागि पनि हुनुपर्यो,” अधिकारीले भनिन्,“महिला पुरुष सरह समान अधिकारका लागि हामीलाई पनि समान अधिकार र सुविधा दिनु पर्यो।”

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.