तेस्रोलिंगीसँग नजिक हुन्छु : मोडल एलिना जैसी

तेस्रोलिंगीसँग नजिक हुन्छु : मोडल एलिना जैसी

IMG_20151004_121755642काठमाडौं (पहिचान) असोज १९ – कलाकार तथा मोडल एलिना जैसीले समलिंगी तेस्रोलिंगीलाई सम्मान गर्नुपर्ने बताएकी छन् । तेस्रोलिंगी मानव हुन्, मानव भएपछि कसैलाई पनि यस्तो त्यस्तो भनेर छुट्टयाउनु हुदैन जैसीले भनिन्, तेस्रोलिंगीलाई म सम्मान गर्छु । रेडियो कार्यक्रम पहिचानमा कुरा गर्दै मोडल जैसीले आफू तेस्रोलिंगीसँग नजिक हुने गरेको वताइन । मेरा धेरै तेस्रोलिंगी साथीहरु छन् जैसीले भनिन्, अरु साथीहरु भन्दा म तेस्रोलिंगी साथीहरुसँग नजिक हुन्छु ।

उनले तेस्रोलिंगीलाई हेला र घृणा नगर्न आग्रह गर्दै सबैले मानवताको कदर गर्नुपर्नेमा जोड दिइन । उनले तेस्रोलिंगी प्रति हेर्ने दृष्टिकोण सकारात्मक भएकाले अरुले के भन्छन त्यसमा चासो नभएको वताइन । पोखरा, चितवन र काठमाडौंमा मेरा तेस्रोलिंगी साथीहरु हुनुहुन्छ मोडल जैसीले भनिन्, म उहाहरुको इज्जत गर्छु, कदर गर्छु । उनले आफूले तेस्रोलिंगीसँगै काम गरेको पनि वताइन । उनले तेस्रोलिंगीसँग नहिड्न परिवारले भने परिवार त्याग्ने तर तेस्रोलिंगी साथी नत्याग्ने वताइन ।

उनले तेस्रोलिंगीसँग संगत गर्दा आफूलाई कुनै पीडा नपरेको वताउँदै तेस्रोलिंगीसँग हिड्दा, बोल्दा, डुल्दा खुशी लाग्ने गरेको वताइन । महिला पुरुष भनेर दुनियाले चिनेको छ, सरकारले मान्छ भने तेस्रोलिंगीलाई पनि सरकारले चिन्नु पर्छ उनले भनिन, तेस्रोलिंगीलाई विभेद, दुरव्यवहार गर्नु हुँदैन । मेरो तेस्रोलिंगी साथी उमेश पाण्डे निरुता हुनुहुन्छ, उहाँलाई सधै सम्झिरहन्छु उनले भनिन्, तेस्रोलिंगीलाई महिला पुरुष सरह समान व्यवहार गर्न अनुरोध गर्छु ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.