निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सूचना विभागमा पहिलो पटक तेस्रोलिंगी पत्रकारको अभिलेख

सूचना विभागमा पहिलो पटक तेस्रोलिंगी पत्रकारको अभिलेख

636
SHARES

Bhaktiकाठमाडौं (पहिचान) असोज २२ – सूचना विभागले पहिलाो पटक तेस्रोलिंगीलाई पहिचान सहितको पत्रकार परिचय पत्र वितरण गरेको छ । पहिलो पटक तेस्रोलिंगी भक्ती शाहले विभागमा अन्य रेकर्ड रहने गरी पत्रकार परिचय पत्र (प्रेस पास) लिएका हुन् । सूचना विभागको रेकर्ड अनुसार यसअघि महिला र पुरुषले मात्रै परिचय पत्र लिएका थिए । सूचना विभागका निर्देशक दिल्ली राजाराम सिक्देलले आजसम्म कसैले पनि तेस्रोलिंगीको रेकर्ड रहने गरी पत्रकार परिचय पत्र नलिएको र रेकर्ड रहने गरी पत्रकार परिचय पत्र लिने शाह पहिलो भएको वताए ।

उनले तेस्रोलिंगी पत्रकार शाहलाई नखुलेका, डर त्रासमा रहेका समूदायका आवाजलाई बाहिर ल्याएर खुल्ने बातबरण सृजना गर्न आग्रह गर्दै बधाई दिए । उनले यो समुदायका ब्यक्ति पनि पत्रकार भनेर यस कार्यलयमा अभिलेख गर्न पाउदा खुशी लागेको भन्दै यो समुदायका अरु पनि पत्रकार साथीहरुलाई निर्धक्कका साथ खुलेर सूचना विभागमा आएर पत्रकार परिचय पत्र लिन समेत आग्रह गरे ।

विभागका शाखा अधिकृत मिठाराम हुमागाँईले तेस्रोलिंगी खुलेर आएर पत्रकार हुनु भनेको सबैका लागि प्रशंसनिय भएको वताए । हुँमागाईले पत्रकार परिचय पत्रमा कसैको पनि लिंग उल्लेख नहुने तर विभागको रेर्कड बुकमा तेस्रोलिंगी भनेर लेखिने भन्दै शाहलाई बधाई दिए । तेस्रोलिंगी शाहले फारम भर्दा अन्य उल्लेख गरेका थिए ।

उनले विभागको रेर्कड फाईलमा प्रेस प्रतिनिधि “अन्य” तेस्रोलिंगी भक्ति शाह भनेर लेखाउन पाउँदा खुशी लागेको वताए । उनले अरु नखुलेका पत्रकार समलिंगी तेस्रोलिंगीलाई खुलेर पत्रकारिता गर्न र खुलेर नै पत्रकार परिचय पत्र लिन आग्रह गरे । उनले समलिंगी तेस्रोलिंगीका समाचार, गतिविधि, विचार लगायतका सामग्री प्रकाशित गर्दै आएको पहिचान डट कमबाट सम्बादाताको रुपमा पत्रकार परिचय पत्र पाएका हुन् । उनी नील हिरा समाजको उत्पादनमा विभिन्न ७ वटा रेडियोबाट दैनिक प्रसारण हुँदै आएको पहिचान रेडियो कार्यक्रममा पनि सम्वाददाताको रुपमा कार्यरत छन् ।

समलिंगी तेस्रोलिंगी समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले नेपाली संचार जगतले आफ्नो समूदायको पहिचान र हक अधिकारमा लड्दै आएकोमा अब आफ्नो पहिचान सहित संचार क्षेत्रमा काम पाउनु आफैमा गर्वको कुरा भएको वताएका छन् । उनले सूचना विभागको यो प्रगतिशिल र समावेशी कदमको समूदायले उच्च मूल्याङकन गर्ने वताउँदै यस कदमले लैगिंक तथा यौनिक अल्पसंख्यकलाई थप प्रोत्साहित वनाएको वताए । 

समाचार शेयर गर्नुहोस्
636
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.