निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बडादशैले जिम्मेवार हुने प्रेरणा दिओस

बडादशैले जिम्मेवार हुने प्रेरणा दिओस

903
SHARES

काठमाडौं (पहिचान) असोज २९ – समलिंगी तेस्रोलिंगी समुदायले देशको परिस्थिति गम्भीर रहेको भन्दै सबैलाई जिम्मेवार हुन आह्वान गरेको छ । समलिंगी तेस्रोलिंगी समुदायको मातृ संस्था नील हिरा समाजले सार्वजनिक अपील गर्दै देशको आन्तरिक अवस्था र छिमेकी मुलुकको अघोषित नाकाबन्दीले नेपाली नागरिकको महान चाड बडादशै समेत खल्लो बन्न लागेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
BDS Press‘नेपालीको महान चाड बडादशै लागिसक्दा समेत नागरिकले अत्यावस्यकीय बस्तुको अभावको मार खेपिरहनुपरेको छ, उपभोक्ता अधिकार स्थापित हुनु एउटा नागरिकको नैसर्गिक अधिकार हो’ समाजले जारी गरेको अपीलमा भनिएको छ, ‘तर चाडबाडका समयमा पनि अभावको महसुस गर्ने बाध्यता आउनु आफैमा दुःखद पक्ष हो ।’ समाजले देशभित्रका समस्या राजनीतिकरुपमा समाधान गर्न आग्रह गर्दै अन्तराष्ट्रिय समस्याको समाधानका लागि एकजुट हुन पनि आह्वान गरेको छ ।
‘बैसाखमा आएको विनाशकारी भूकम्पको पिडामा डुबीरहेका नागरिकमा असोज ३ मा जारी भएको संविधानले केही मलम लगाउने काम गरेको थियो’ अपीलमा भनिएको छ, ‘तर, संविधान जारी भएलगत्तै देखिएका समस्याले जनतामा आएको उत्साहलाई संबोधन गर्न सकिरहेको छैन ।’ समाजले नागरिकका आवस्यकता सबोधन गरेर समस्या समाधान गर्दै संविधानबाट आएको उत्साहको जगेर्ना गर्न पनि समाजका अध्यक्ष पिंकी गुरुङ र कार्यकारी निर्देशक मनिषा ढकालले जारी गरेको अपीलमा उल्लेख छ । समाजले कतिपय अधिकार विहिन समुदायको अधिकार संविधानले सुनिश्चत गरेको खुसीयाली समेत रहेकाले यो वर्षको दसैं अझ विशेष हर्षोल्लासका साथ मनाउनु पर्नेमा जोड दिएको छ ।
यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको अधिकार नयाँ संविधानमा समेटिएकोमा तत्कालिन संविधानसभा र त्यसका सदस्यहरुलाई धन्यवाद दिदै संसदले कानुन बनाएर अधिकार संस्थागत गर्नेमा सम्पूर्ण समलिंगी तेस्रोलिंगी विश्वस्त रहेको समाजले उल्लेख गरेको छ ।
समाजले आफ्नो अधिकार प्रात्तिको अभियानमा संगठित हुने समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी, द्विलिंगी सँगै सहयोगका लागि एकाकार हुने सबै विपरित लिंगी तथा सरकारी निकाय र दातृ निकायहरुलाई समेत दसैंको सुभकामना दिदै आगामी दिनमा पनि अधिकारको आफ्नो यात्रामा सहकार्य र सहयोगको अपेक्षा गरेको छ । यस्तै यो समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले सम्पूर्ण नेपालीलाई बडा दशैको शुभकामना व्यक्त गर्दै संबिधानमा लेखिएको सबै समूदायको अधिकार कार्यान्वयन हुनु पर्नेमा जोड दिएका छन् ।

समाचार शेयर गर्नुहोस्
903
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.