समाजमा घुलमिल भएर अघि बढ्न नगर प्रमुखको सुझाव

समाजमा घुलमिल भएर अघि बढ्न नगर प्रमुखको सुझाव

632
SHARES

कैलाली (पहिचान) कार्तिक १० – टिकापुर नगरपालिकाका प्रमुख तुलसी आचार्यले यौनिक तथा लैगिक अल्पसंख्यक सुमदायले समाजमा घुलमिल भएर अघि बढ्नु पर्र्नेमा जोड दिएका छन् । “समलिंगी तेस्रोलिंगीले छुट्टै भन्दा पनि समाजमा घुलमिल भएर अघि बढ्नु पर्छ” आचार्यले भने, “तर, पहिचान झल्किने गरि आबश्यक कार्यक्रम तथा अभियान भने चलाउनु पर्छ ।”
उनले समलिंगी तेस्रोलिंगी आँफैमा अल्पसंख्यक समुदाय भएकाले उनीहरुबारे सबैलाई जानकारी नभएको भन्दै आफु र आफ्नो समुदायबारे समाजलाई जानकारी गराउनु पर्नेमा जोड दिए । “तपाईहरु आफ्नो बारेमा अरुलाई बुझाउनुसर अनि समाजले पनि बुझछ र हामीले पनि बुझ्छौं र तपाईहरुलाई हाम्रो तर्फबाट सहयोग गर्न सजिलो हुन्छ ।”
नगरपालिका प्रमुख आचार्यले यौनिक तथा लैगिक अल्पसंख्यक समुदायले टिकापुर नगरपालिकामा छुट्टै तेस्रोलिंगी शौचालय निर्माणको लागि गरेको माग संबोधनका लागि आफु सकारात्मक रहेको भन्दै यसका लागि पहल गर्ने बताए ।
आचार्यले पर्याप्त बजेट नभएकाले यौनिक तथा लैगिक अल्पसंख्यकले भनेजति उपलब्ध गराउन सकिने अवस्था नरहेको स्पष्ट पारे । उनले भने,“ नगर तथा समाजमा बनेका पूर्वाधार सबैलाई भयो त्यो तेस्रोलिंगीहरुका लागि पनि हो” आचार्यले भने, “आर्थिक तथा सामाजिकताका लागि छुट्टै बजेट आबश्यक रहेको कारण त्यसका लागि नगरपालिकाले बजेट छुट्टयाएको छ ।”

समाचार शेयर गर्नुहोस्
632
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.