२५ हजार कण्डम वितरण

२५ हजार कण्डम वितरण

ललितपुर (पहिचान) कार्तिक १४ – नील हिरा समाजको शाखा कार्यालय परिचय समाज ललितपुरले २५ हजार कण्डम वितरण गरेको छ । २१ औ कण्डम दिवसका अवसरमा समाजले विभिन्न संघ संस्थासँगको सहकार्यमा २५ हजार कण्डम वितरण गरेको नील हिरा समाजका सचिव मनोरञ्जनकुमार बैद्यले जानकारी दिए ।

Condam 1एचआइभी संक्रमण हुन नदिन कण्डमको अनिवार्य प्रयोग गर्नु पर्ने जनचेतना दिदै कण्डम वितरण गरिएको बैद्यले वताए । कण्डमको प्रयोग कसरी गर्ने ? किन यसको प्रयोग गर्नु पर्छ ? भनेर चेतना दियौ बैद्यले भने, एचआइभी संक्रमण हुन नदिन कण्डमको अनिवार्य प्रयोग गर्नुपर्छ । कण्डम दिवसको नारा दोहोरो सुरक्षाका लागि कण्डमको पहुँच बढाऔ रहेको छ ।

कण्डमसँगै यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीबारेको जानकारी मुलक पुस्तिका पनि वितरण गरिएको समाजका उपाध्यक्ष उमेश पाण्डेले वताए । समलिंगी तेस्रोलिंगीमा एचआइभी संक्रमणको जोखिम धेरै रहेकाले हरेक बर्ष कण्डम वितरण गरिदै आएको उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.