निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बालिका बलात्कारको आरोप लागेकी तेस्रोलिंगी भुजेल निर्दोष : अदालत

बालिका बलात्कारको आरोप लागेकी तेस्रोलिंगी भुजेल निर्दोष : अदालत

819
SHARES

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) कार्तिक १७ – बालिका बलात्कारको आरोप लागेकी तेस्रोलिंगी अजिता भुजेलले जिल्ला अदालत मकवानपुरबाट सफाइ पाएकी छन् । यौन दुरव्यवहार र अप्राकृतिक मैथुनको आरोप लागेकी भुजेललाई न्यायाधिश कृष्णराम कोइरालाको एकल इजलासले निर्दाेष ठहर गर्दै सफाइ दिएको हो ।

गत भदौ ११ गते आर्थिक लेनदेनमा झगडा भई वडा प्रहरी कार्यलय पुगेकी तेस्रोलिंगी महिला भुजेललाई नाबालिका माथिको यौन दुव्र्यवहारको आरोपमा अनुसन्धानका लागि २१ दिन हिरासतमा राखि भदौ ३१ गते धरौटिमा रिहा गरिएको थियो । भुजेलले अदालत समक्ष दिएको बयानमा बालिका बलात्कार भएको भनिएको दिन भदौ ६ गते बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खोलामा पौडि खेल्न जादाको आवश्यक प्रमाणसहित पेश हुनु र पीडित पक्षबाट बयानमा भनिएका सवुत प्रमाणहरु जुटाउन नसक्नुले गर्दा जिल्ला अदालतले भुजेललाई निर्दोष ठहर गर्दै रिहा गर्ने आदेश दिएको हो ।

तेस्रोलिंगी भुजेलले यौनिक तथा लैंगिक अल्पसख्यक समुदायको विषयमा अझै यथेष्ट कानुन नबनीसकेको भए पनि कानुनले सत्यकै जित गराउदो रहेछ भन्दै न्याय पाएपछि खुसी व्यक्त गरिन् । समाज अझै उदार नभएकोले आगामी दिनमा समलिंगी तेस्रोलिंगी समुदायलाई समाजले हेर्ने दृष्टिकाणमा फरक ल्याउन सरकारले दरिलो कानुन बनाउन आवश्यक रहेको पनि उनले बताइन् । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफ्नो समूदायका सदस्यलाई विना प्रमाण दुख दिने काम भइरहेको भन्दै तेस्रोलिंगी अजिताले न्याय पाउनु खुशीको कुरा भएको वताइन ।

यो पनि पढनुहोस : तेस्रोलिंगीलाई फसाउन खोज्दा…

समाचार शेयर गर्नुहोस्
819
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.