साता भित्रै एचआइभी संक्रमितले सेवा पाउने

साता भित्रै एचआइभी संक्रमितले सेवा पाउने

काठमाडौं (पहिचान) कार्तिक २९ – राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले एक हप्ता भित्र एचआइभी संक्रमितको उपचार सेवा दिने भएको छ । चालु आर्थिक बर्षको शुरु देखि रोकिएको एचआइभी संक्रमितको उपचार सेवा बजेट विनियोजन भएकाले सात दिन भित्रै शुरु गर्ने केन्द्रले जनाएको छ ।

समलिंगी तेस्रोलिंगी समूदायमा एचआइभीको जोखिम धेरै रहेको वताउँदै नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले साउन देखि सेवा रोकिदाँ यो समूदायमा समस्या परेको वताइन । उनले सेवा बन्द नगर्न पटक पटक केन्द्रलाई आग्रह गरे पनि केन्द्रले आलटाल गरिरहेको वताइन ।

केन्द्रले सरकारको सेवा रोकिए पनि दाताबाट प्राप्त सहयोगमा सेवा सुचारु भइरहेको दावी गरे । हामीले सेवा रोकेका छैनौ केन्द्रका निर्देशक केन्द्रका निर्देशक डाक्टर दिपेन्द्र रमन सिंहले भने , दाताको सहयोगमा सरोकारवाला निकायले सेवा दिइरहेका छन् । उनले सरकारको सहयोग पनि एक साता भित्रै शुरु हुने दावी गरे ।

बजेट विनियोजन ढिला भएकाले एचआइभी संक्रमितको उपचार सेवा रोकिएको हो उनले भने अब हामी प्रक्रियामा गइसकेका छौ, एक साता भित्र सेवा सुचारु हुनेछ । केन्द्रले सेवा रोक्दा एचआइभी संक्रमितको उपचार सेवासँगै सेवा दिदै आएका विभिन्न संघ संस्थामा कार्यरत कर्मचार तलव विहिन छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.