निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अध्यक्षमा पुनः मनिषा ढकाल, पुराना कार्यक्रमलाई निरन्तरता दिदै नयाँ कार्यक्रम संचालन गर्ने घोषणा

अध्यक्षमा पुनः मनिषा ढकाल, पुराना कार्यक्रमलाई निरन्तरता दिदै नयाँ कार्यक्रम संचालन गर्ने घोषणा

720
SHARES

काठमाडौं (पहिचान) मंसिर ६ – यौनिक तथा लैंगिक अल्पसंख्कहरुको महासंघ नेपाल (एफ्एसजीएमएन) को साधारणसभाबाट मनिषा ढकालको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा राजु लामा, महासचिवमा मनोरञ्जनकुमार बैद्य र कोषाध्यक्षमा पिंकी गुरुङ निर्वाचित भएका छन् ।

FSGMN 2विकास क्षेत्र अन्तरगत पूर्वाञ्चलबाट शिवानी राजधामी, मध्यामाञ्चलबाट भूमिका श्रेष्ठ, पश्चिमाञ्चलबाट राजु थकाली, मध्यपश्चिमाञ्चलबाट परिना चौधरी र सुदुरपश्चिमबाट अरुणा सुवेदी निर्वाचित भएका हुन् । यस्तै अन्य सदस्यहरुमा लक्ष्मेश्वर यादव, जिना राना, अमित अधिकारी र विष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

महासंघमा समलिंगी तेस्रोलिंगी समूदायको क्षेत्रमा कार्यरत ४० वटा संस्था आवद्ध छन भने १३ वटा संस्थाले आवद्धताका लागि निवेदन दिएका छन् । सन् २००१ मा स्थापना भएर यो समूदायको मानवअधिकार, शिक्षा, स्वास्थ्य, रोजगार, राजनीतिक, सामाजिक तथा साँस्कृतिक अधिकारमा क्रियासिल नील हिरा समाज पनि महासंघको सदस्य संस्था हो ।
चौथो पटक निर्वाचित भएकी ढकालले निर्वाचित भएकोमा खुसिका साथमा थप जिम्मेववारी प्राप्त भएको महसुस गरेको बताइन् । ‘मलाई खुसी भन्दा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि जारी लडाईमा थप जिम्मेवारी प्राप्त भएको महसुस गरेकी छु’ अध्यक्ष ढकालले भनिन्, ‘नीति निर्माण तहमा पुग्नका लागि र प्रभावित गर्नका लागि यो जिम्मेवारी प्राप्त भएका हो भन्ने मलाई लाग्छ ।’
अध्यक्ष ढकालले विगतका कार्यक्रमहरुलाई निरन्तता दिदै नयाँ परिस्थिति अनुसारका नयाँ कार्यक्रम संचालनको योजना सुनाइन् । ‘विगतका कामलाई निरन्तरता दिन पनि आवश्यक छ, किन भने सुरु भएका कतिपय कार्यक्रम तत्काल नटुंगिने खालका छन्’ उनले भनिन्, ‘तर, नयाँ संविधानले यौनिक तथा लंैगिक अल्पसंख्यकलाई पहिचान दिएको अवस्थामा थप नयाँ कार्यक्रम पनि संचालन गर्नु आवस्यक छ ।’ उनले समग्रमा पुराना कार्यक्रमलाई निरन्तत दिदै नयाँ कार्यक्रम सुरुवात गर्ने बताइन् ।’
एफएसजिएमएन हेर्ने साथ साथ प्रोजेक्टकी कार्यक्रम अधिकृत असिमा श्रेष्ठले एफएसन जिएमएनलले गरेको काम र उपलब्धी सकारात्मक भएको भन्दै संचालित कार्यक्रमहरुको निरन्तरताको आश्वासन दिइन ।

समाचार शेयर गर्नुहोस्
720
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.