निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लैंगिक हिंसा अन्त्यका लागि समलिंगी तेस्रोलिंगीको हस्ताक्षर

लैंगिक हिंसा अन्त्यका लागि समलिंगी तेस्रोलिंगीको हस्ताक्षर

791
SHARES

काठमाडौं (पहिचान) मंसिर ९ – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा समलिंगी तेस्रोलिंगी समूदाय सहभागी भएको छ । घर शान्ति नै बिश्व शान्तिको आधार भन्ने नारा सहित शुरु भएको अभियानमा समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजका उपनिर्देशक परसुराम राईले हस्ताक्षर गरेका छन् ।

रत्नपार्क शान्ति बाटिकामा पुगेर राईले आफ्नो समूदाय माथि हुने हिंसा अन्त्यका लागि दवाव दिन हस्ताक्षर गरेका हुन् । हिंसा महिलालाई मात्रै हुँदैन राईले भने, समलिंगी महिला र तेस्रोलिंगी महिलाले घर, परिवार, समाज र राज्यबाट विभेद, दुरव्यवहार र हिंसा भोग्नु परिरहेको छ । यही विभेद, दुरव्यवहार र हिंसा अन्त्यका लागि अधिकारबादी संघ संस्थासँगको सहकार्यमा हस्ताक्षर गरिएको हो ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचनले आफ्नो समूदायका सदस्यलाई घर, परिवारले समेत स्वीकार नगर्ने अबस्था अन्त्य गर्दै महिला पुरुष सरह समान अधिकारका लागि लैंगिक हिंसा विरुद्धको अभियानमा सहभागी भएको वताइन । महासंघकी कार्यक्रम अधिकृत गौरी नेपालीले हिंसामा महिला मात्रै पर्ने गर्छन भन्ने सोचको अन्त्य गर्न र समलिंगी महिला माथि विभेद, दुरव्यवहार र हिंसा हुन नदिन अभियानमा सहभागी भएको वताइन ।

समाचार शेयर गर्नुहोस्
791
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.