रेश्मा डार्लिङको गुनासो “समाजले हाँसोको पात्रका रुपमा मात्र स्वीकार गर्योे “

रेश्मा डार्लिङको गुनासो “समाजले हाँसोको पात्रका रुपमा मात्र स्वीकार गर्योे “

बिनोद विसी/रुपन्देही (पहिचान) मंसिर १३ – २०५० सालमा पर्वतमा जन्मिएका रेशम न्यौपाने अहिले रेश्मा डारलिंङ नामले चिनिन्छन् । आमा सिता न्यौपाने र बुवा रामप्रसाद न्यौपानेबाट जन्मदा उनी पुरुष थिए । हुर्कदै बढ्दै जाँदा उनको शारिरीक विकास र स्वभाव दुबै स्वभाविक भएन, त्यसैले उनमा महिलाको स्वभाव विकास हुन थाल्यो ।
जति उनको स्वभाव विकाश हुँदै गयो उनी परिवारबाट टाढिदै गए । समाजिक विभेद मात्र हैन परिवार भित्र पनि आमाबाबुबाटै हेरिने व्यवहारले उनी टाढिन थाले । अहिले आफूलाई तेस्रोलिंगी भनेर चिनाउने उनी अहिलेपनि परिवारमा आफ्नो परिचय खुलस्त भन्न सक्दैनन् । Resma
‘यो समाजले पुरुष र महिलालाई मात्र पहिचान दिएको छ’ अहिले काठमाडौंमै स्नातक अध्ययन गर्दै गरेकी रेश्माले भनिन्, ‘मलाई जन्म दिने बाबु आमाले मात्र स्वीकार्ने भए समाजको अगाडी शिर उठाएर कुरा गर्नसक्थे ।’
मोडलिंमा समेत काम गरिरहेकी रेश्माले आधा दर्जनबढी म्युजिक भिडियोमा काम गरेकी छन् । ‘महिला र पुरुषले गर्नसक्ने अधिकांस काम तेस्रोलिंगीले पनि गर्नसक्छन्’ उनले भनिन्, ‘हामीलाई कित अवसर नै दिइदैन, कतै दिइयो भने पनि हाँसको पात्रका रुपमा मात्र ।’ उनले अधिकारका हिसावले महिला पुरुष जत्तिकै यो समुदायको पनि हुने बताए ।
‘मैले नृत्यका लागि विश्वका धेरै देशहरु घूमेकी छुँ तर पनि उही स्तरका कालाकार सरह मैले अवसरी पाएकी छैन’ उनले भनिन्, ‘तर अधिकार त महिला पुरुषको जति हो तेस्रोलिंगीको पनि उत्तिनै हो नि ।’ यो समुदायलाई राज्यले पनि उचित अवसर प्रदान नगरेको उनले गुनासो गरिन् ।
‘राजनीतिमा होस वा किसानी वा भनौं कलाकारिता यो समुदाय पनि अरु समुदायसरह क्षमता वान छ’ उनले थपिन तर यो राज्य किन अधिकार दिन तयार छैन ।’ उनले राम्रो काम गर्दा स्यावासी समेत यो समुदायले महिला पुरुष सरह नपाएको गुनासा गरिन् । रोजगारीका सवालमा समेत राज्यले उचित भूमिका निर्वाह नगरेको तथा नीति निर्माण नगरेको उनको भनाई छ । ‘मेरो पहिचान सुरक्षित गरेर नील हिरा समाजले रोजगारी दिएको छ र मेरो गुजारा चलेको छ, हैन भने राज्यका तर्फबाट मैले केही पाउने थिइन’ उनले भनिन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.