निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सिरहाका १२ जना समलिंगी तेस्रोलिंगी एचआइभी संक्रमित

सिरहाका १२ जना समलिंगी तेस्रोलिंगी एचआइभी संक्रमित

691
SHARES

सिरहा (पहिचान) मंसिर १५ – सिरहामा कण्डम नलगाई यौन सम्पर्क गर्ने थुप्रै समलिंगी तेस्रोलिंगीहरुको संख्या उल्लेख्य रहेको पाइएको छ । जसका कारण एचआइभी एड्स पोजेटिभ हुनेको संख्या पनि अत्यधिक रहेको फेला परेको छ । नील हिरा समाजको शाखा कार्यालय लहानले गरेको अध्ययनबाट १२ जना समलिंगी तेस्रोलिंगीमा एचआइभी संक्रमित फेला परेको हो ।

समाजका कार्यक्रम संयोजक लक्ष्मेश्वर यादवका अनुसार जिल्लामा हालसम्म करिब तीन हजार छ सय समलिंगी तेस्रोलिंगी फेला परेकामा १२ जना एचआइभी सङ्क्रमित छन् । एचआइभी सङ्क्रमित समलिंगी तेस्रोलिंगी समाजको डरले खुल्न नसकेका र उनीहरुको उपचारमा समस्या भएको यादवले वताए ।

उनले भने, “चेतनाको अभावमा कन्डमको प्रयोग गरेका छैनन्, त्यसैले कन्डमको महत्वबारे समलिंगी तेस्रोलिंगीका लागि चेतनामूलक कार्यक्रम गर्दैै आएका छौँ ।” जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार जिल्लामा कुल ५२ एचआइभी सङ्क्रमित रहेका छन् । सङ्क्रमितमा धेरै १८ देखि ४० वर्ष उमेर समूहका रहेका छन् ।

साभार : http://motivatenews.com/

समाचार शेयर गर्नुहोस्
691
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.