केटा केटा र केटी केटीबीचको सम्वन्ध…..

केटा केटा र केटी केटीबीचको सम्वन्ध…..

माधव दुलाल/काठमाडौं (पहिचान) मंसिर १७ – जन्मदाँ पुरुष अहिले महिला कसरी हुन्छ ? सुर्योदय माध्यमिक विद्यालय मैतिदेवीकी शिक्षिका रोशी श्रेष्ठले तपाईहरु जन्मजात तेस्रोलिंगी त होइन नि भनेर प्रश्न गरिन् । केटा, केटी र तेस्रोलिंगी भेट्दा को सँग बढी घुलमिल हुन रुचाउनु हुन्छ ?

School 111आनन्द भूमि माध्यमिक विद्यालयका शिक्षक अर्जुन खतिवडाले यो प्रश्न गरिरहँदा एक जना विद्यार्थीले अर्को प्रश्न गरे, केटा केटा र केटी केटीको सम्वन्धले त बच्चा हुँदैन होला ? तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले आफ्नो समूदायको बारेमा जनचेतना दिदै गर्दा यि र यस्तै धरै प्रश्न गरिए । युनेस्कोको सहयोगम समलिंगी तेस्रोलिंगी र अन्तरलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले गरेको पर्पल माई स्कूल अभियानका क्रममा मैतिदेवीका सुर्योदय र आन्दन भुमि विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीले चासो पूर्वक यो बिषयमा बुझ्ने प्रयास गरे ।Suryodaya 2

तेस्रोलिंगी अधिकारकर्मी श्रेष्ठले आफू जन्मदाँ छोरा भएको र हुर्कदै बढ्दै जादाँ छोरीको हाउभाउ स्वभाव आएको वताइन । कतिपयले हामीलाई अप्राकृतिक भन्छन् श्रेष्ठले भनिन्, छिछिर धुरधुर गर्ने समजमाका अगाडि तेस्रोलिंगी बन्ने रहर लागेर बनेको हुँ र ? उनले आफू चाहेर पनि पुरुष बन्न नसक्ने वताइन । उनले आफू धेरै तेस्रोलिंगी सँगनै घुलमिल हुने गरेको र बच्चा जन्म दिन नसके पनि अनाथ बालबालिकालाई स्वीकार गरेर पालनपोषण गर्ने इच्छा रहेको वताइन ।

शौचालय कुन प्रयोग गर्नु हुन्छ नि ? एक विद्यार्थीको प्रश्नमा श्रेष्ठले आफू महिलाकै शौचालय प्रयोग गर्ने र जन्मदा महिला हुर्कदै बढ्दै जाँदा पुरुष हाउभाउ स्वभाव भएको तेस्रोलिंगी पुरुषले पुरुषकै शौचालय प्रयोग गर्ने गरेको वताइन । तेस्रोलिंगी महिला भएकै कारण आफूले शिक्षक, शिक्षिकाको विभेद र दुरव्यवहार सहन नसकेर विद्यालय स्तरको अध्ययन नै पूरा गर्न नपाएको वताउँदै उनले भनिन्, तपाईहरुको बिद्यालयमा हामी जस्ता विद्यार्थी भएमा निर्धक्क विभेद र दुरव्यवहार नगरी पढ्ने वातावरण बनाइदिनुहोस् । डर र त्रासका कारण खुल्न नसकेकाहरुलाई खुल्ने वातावरण वनाइदिन श्रेष्ठले आग्रह पनि गरिन ।
पाठ्यक्रम र शिक्षक तालिम सामग्रीमा यो बिषय राख्न सकिन्छ
Hari Lamsalपर्पल माई स्कूल अभियानमा सहभागी शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले विद्यालय स्तरको पाठ्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषय राख्न सकिने वताए । पाठ्यक्रममा राख्ने र शिक्षक तालिममा समेत यो बिषय लैजान सकिन्छ सहसचिव लम्सालले भने, परिवर्तन सजिलो नभएपनि एकले अर्कोलाई सम्मान गर्न विद्यार्थी परिवर्तनका दूत बन्न सक्छन् । उनले फरक पहिचान भएकै कारण शिक्षा लिन पाउने अधिकारबाट कसैलाई पनि बञ्चित गर्न नहुने वताए ।

सबैका लागि स्कूल रमाइलो र जाउँ जाउँ लाग्ने हुनुपर्छ सहसचिव लम्सालले भने, चार जना मिलेर फरक पहिचान बोकेका व्यक्तिलाई जिस्क्याउने काम नहोस् । उनले एउटासँग नभएको क्षमता अर्कोसँग हुने भन्दै विविधतालाई सम्मान गर्नु पर्ने वताए । नील हिरा समाजमा सुवाष पोखरेलले कक्षा ६, ७ र ८ को पाठ्यक्रममा यो समूदायको बिषय राखेपनि शिक्षक शिक्षिकाले विद्यार्थीलाई बुझाउन नसकेको वताए । यो बिषयमा मन्त्रालयले शिक्षक शिक्षिकालाई तालिम दिनु पर्ने होइन भनेर पोखरेलले प्रश्न गर्दा सहसचिव लम्सालले भने, कुनै गारो छैन आउनुहोस बसौ, छलफल गरौ र समाधान तिर लागौ ।Suryoday 1

संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम युएनडिपीका नेपाल प्रदेशिय प्रतिनिधि रेणु मेयरले नेपाल सरकारले यो समूदायलाई सहर्ष स्वीकार गर्न र अधिकार दिनु राम्रो काम भएको वताए । उनले कतिपय देशका सरकार पूरातनवादी सोच बोकिरहेका र ति देशमा यो समूदाय सदियौ देखि अधिकार विहिन भएर बस्नु परेको वताए । मेयरले समलिंगी तेस्रोलिंगी र अन्तरलिंगी विद्यार्थी भएकै कारण शिक्षा लिन पाउने अधिकारबाट वञ्चित हुनु नपर्ने सरकारको प्रतिवद्धताको स्वागत गरे । केही घटनाले यो समूदायका विद्यार्थी स्कूल जान चाहदैनन् उनले भने, बिद्यालयमा यो समूदायका विद्यार्थीलाई सम्मान र माया गरिदिनुहोस् ।

प्याब्सनका अध्यक्ष लक्ष बहादुर केसीले समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगीको बिषयमा रेडियो कार्यक्रम पहिचान मार्फत जान्न पाएको वताउँदै यो समूदायका व्यक्तिलाई विभेद, दुरव्यवहार गर्न नहुने वताए । तेस्रोलिंगी अधिकारकर्मी सुदिप गौतमले आफू तेस्रोलिंगी भएकै कारण शिक्षा लिन पाउने अधिकारबाट वञ्चित भएकाले आफू जस्ता विद्यार्थीलाई शिक्षा लिने अधिकारबाट वञ्चित नगराउन आग्रह गरे । समलिंगी तेस्रोलिंगी विद्यार्थी आएमा माया र सम्मान गरिदिनुहोला गौतमले भने, छक्का हिजडा भन्ने शब्द प्रयोग गर्दा धेरै चित्त दुख्छ, यो शब्द प्रयोग नगरिदिनुहोला । युएनडिपीका भरत श्रेष्ठले पर्पल माई स्कूलमा सहभागी हुन सबैलाई आग्रह गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.