निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

हिंसा गर्नेलाई कानुनी कारवाही गर्न माग

हिंसा गर्नेलाई कानुनी कारवाही गर्न माग

964
SHARES

काठमाडौं (पहिचान) मंसिर २० – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा सहभागी भएर आफ्नो समूदाय माथि हुँदै आएको हिंसा अन्त्य हुनु पर्ने माग गरेको छ । समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले देशका विभिन्न ठाउँमा भएका कार्यक्रममा सहभागी भएर आफ्नो समूदाय माथि हुने हिंसा अन्त्यका लागि दवाव दिएको हो ।Parsuram

काठमाडौंमा भएका कार्यक्रममा सहभागी भएर समूदायका सदस्यले महिला र बालिका माथि हुने हिंसा मात्रै बाहिर आएको तर आफ्नो समूदायका सदस्य माथि हुने हिंसा बाहिर आउन नसकेको वताए । एक त म यो समूदायको हो भन्दै विभेद, दुरव्यवहार र हिंसा हुन्छ समूदायका सदस्यहरुले भने, हामी माथि हुने हिंसा अन्त्यका लागि सबैको सहयोग आवश्यक छ ।

समाजका उपनिर्देशक परसुराम राई र नर्वेजियन परियोजना अन्तर्गत मानवअधिकारकर्मीको रुपमा कार्यरत अन्तरलिंगी इशान रेग्मीले अब बन्ने कानुन यौनिक तथा लैंंगिक अल्पसंख्यक मैत्री बन्नु पर्ने र विभेद, दुरव्यवहार र हिंसा गर्नेलाई कानुनी कारवाही हुनु पर्ने माग गरे । आफ्नो समूदाय माथि हुने हिंसा बाहिर नआउने वताउँदै उपनिर्देशक राईले हिंसा पीडित सबै समूदायको एउटै आवाज हुन सकेमा लैंगिक हिंसा विरुद्धको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे ।
Sapanaयस्तै नील हिरा समाजको शाखा कार्यालय सुन्दर संसार बर्दियाले घर शान्ति नै बिश्व शान्तिको आधार पुन निर्माण, शिक्षा र समान व्यवहार भन्ने नारा सहित भएको कार्यक्रममा सहभागी भएर महिला र बालिका भन्दा समलिंगी तेस्रोलिंगी समूदायले धेरै हिंसा भोगिरहेको जानकारी गराएको छ । सुन्दर संसारकी तेस्रोलिंगी सपना चौधरीले प्राकृतिक र सामाजिक लिंगको बारेमा जानकारी गराउँदै अहिलेको संविधानले यस समुदायको लागि केही हकअधिकार सुनिश्चित गरेको वताइन । बर्दियाकी तेस्रोलिंगी काजोल चौधरीका अनुसार, उनले संबिधानमा लेखिएको अधिकार कार्यान्वयन गर्न लागि सबै तहतप्काबाट दवाव दिनु पर्ने वताइन । यसका लागि युवाको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

समाचार शेयर गर्नुहोस्
964
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.