यौनिक अल्पसंख्यकबारे जानकारी दिन सडक नाटक

यौनिक अल्पसंख्यकबारे जानकारी दिन सडक नाटक

राज चौधरी/कैलाली (पहिचान) मंसिर २२ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले आफ्नो समूदायको बारेमा गाउँ गाउँमा चेतना पुर्याउनु पर्ने वताएका छन् । समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी व्यक्तिको बारेमा ग्रामिण क्षेत्रमा जानकारी नहुँदा मानसिक तनाव लगायत बिभिन्न किसिमका हिंसा भोग्नु परेको समूदायका सुदस्यले गुनासो गरेका छन् ।

Sadak Natakग्रामिण क्षेत्रमा यो समूदायका सदस्यलाई हेर्ने नकारात्मक दृष्टिकोण अन्त्य गर्न र समुदाय सदस्यलाई महिला पुरुष सरह समान रुपमा स्वीकार गर्ने वातावरण बनाउने उद्धेश्यले सडक नाटक गरिएको छ । नील हिरा समाज सिडफण्डिङ परियोजनाको आर्थिक सहायोगमा क्षेत्रिय कार्यालाय सुदुरपश्चिम समाज धनगढीले सडक नाटक गरेको हो ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको यौन स्वास्थ्य र मानवअधिकारको वारेमा जनचेतना दिने उदेश्यले सडक नाटक गरीएको सुदुरपश्चिम समाजका अध्यक्ष मनोज चौधरीले जानकारी दिए । चौधरीले समलिंगी तेस्रोलिंगी अन्तरलिंगी र दुईलिंगीको वारेमा अझै पनि ग्रामिण क्षेत्रका व्यक्तिहरुले नबुझेको र सडक नाटक गाँउ समाजमा लिएर जादॉ पनि मान्छेहरुको आफ्नो समूदायलाई हेर्ने दृष्टिकोण नकारात्मक नै रहेको वताए । नाटक हेर्ने व्यक्तिहरुले अझै पनि यो समुदायलाई नबुझेका कारण हिजडाको नाच, छक्काको नाच भनि लाञ्छना विभेद जस्ता व्यवहार गरेको अध्यक्ष चौधरीले वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.